शुक्र, साउन १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालको सुरक्षा स्थितिमा सुधार

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
आज नेपालको नयाँ प्रधानमन्त्री बन्दै बालेन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अमेरिकाले नेपाल भ्रमण गर्ने आफ्ना नागरिकका लागि जारी गर्दै आएको ‘ट्राभल एड्भाइजरी’ (यात्रा सम्बन्धी सुझाव) को जोखिम स्तर घटाएको छ। बालेन शाह नेतृत्वको सरकार आएसँगै मंगलबार अद्यावधिक गरिएको नयाँ सूचनाअनुसार नेपालको सुरक्षा स्थितिमा सुधार आएको भन्दै जोखिम स्तरलाई (लेभल २) (अतिरिक्त सतर्कता अपनाउनुपर्ने अवस्था) मा झारिएको छ।

अद्यावधिक गरिएको एड्भाइजरीमा सन् २०२५ को सेप्टेम्बरदेखि सुरु भएका देशव्यापी प्रदर्शनहरू हाल रोकिएको र समग्र सुरक्षा स्थिति स्थिर रहेको उल्लेख गरिएको छ। यद्यपि, विशेषगरी सहरी क्षेत्रहरूमा पूर्वसूचना विना नै अचानक प्रदर्शन र स्थानीय अशान्तिहरू अझै पनि हुन सक्ने र ती छिट्टै हिंसात्मक बन्न सक्ने सम्भावना रहेकोतर्फ अमेरिकी सरकारले आफ्ना नागरिकलाई सचेत गराएको छ। यस्ता सम्भावित जोखिमबाट बच्न ठूला भिडभाडबाट टाढा रहन र स्थानीय अधिकारीहरूको निर्देशन कडाइका साथ पालना गर्न सुझाइएको छ।

स्वास्थ्य सेवाका सन्दर्भमा नेपालको सामान्य तथा आपतकालीन चिकित्सा सेवा सीमित क्षमताको रहेको सूचनामा जनाइएको छ। काठमाडौंका अस्पतालहरू अन्य क्षेत्रका तुलनामा राम्रा भए पनि त्यहाँ बिरामीको चाप बढी हुने, केही उपकरण वा औषधिको अभाव हुन सक्ने र उपचारअघि नै अग्रिम भुक्तानी गर्नुपर्ने अवस्था रहेको प्रष्ट पारिएको छ।

नेपाल सरकारले विदेशी नागरिकको उपचार खर्च नब्यहोर्ने भएकाले आफ्ना लागि आवश्यक पर्ने औषधि आफैँ बोक्न र गम्भीर प्रकृतिका उपचारका लागि अन्य देश जानुपर्ने अवस्था आउन सक्ने भन्दै ुमेडिकल इभ्याकुएसनु ९हवाई उद्धार० समेटिएको स्वास्थ्य बिमा गर्न  सुझाव दिइएको छ।

त्यसैगरी, प्राकृतिक प्रकोपका हिसाबले नेपालमा भूकम्प, बाढी र पहिरोको नियमित जोखिम रहेको चेतावनीसमेत दिइएको छ। काठमाडौं उपत्यकासहित देशका कुनै पनि भागमा अचानक भूकम्प जान सक्ने तथा जुनदेखि सेप्टेम्बरसम्मको मनसुनयाममा भारी वर्षाका कारण आउने बाढी तथा पहिरोले सडक अवरुद्ध हुने र आपतकालीन उद्धारमा समेत कठिनाइ हुन सक्ने अवस्थाप्रति सचेत गराइएको छ।

नेपाल भ्रमण गर्ने निर्णय गरेका आफ्ना नागरिकहरूलाई अमेरिकी दूतावासबाट महत्त्वपूर्ण जानकारी तथा अलर्टहरू प्राप्त गर्न स्मार्ट ट्राभलर इन्रोलमेन्ट प्रोग्राममा दर्ता हुन समेत आग्रह गरिएको छ। साथै, स्थानीय सञ्चारमाध्यमका समाचारमा अद्यावधिक रहन, भिडभाडबाट बच्न र यात्राअघि अनिवार्य रूपमा आपतकालीन उद्धार तथा यात्रा रद्दलगायतका सुविधा भएको भरपर्दो ट्राभल बिमा खरिद गर्न अमेरिकाले विशेष जोड दिएको छ।

यो पनि पढ्नुहोस्

साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश

साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश

११ घण्टा अगाडि
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ खरिद-बिक्रि?

आज सुनको मूल्य बढ्याे

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत

आज सुनको मूल्य बढ्याे

शान्तिश्री परियारको स्वरमा तीज गीत ‘केटी पार्टी’ सार्वजनिक

टी-२० विश्वकपका लागि सिधै ग्लोबल छनोट खेल्ने

साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक