बिहि, असार ३२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विदेशीसहित ३८ युवायुवती पक्राउ

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
0
विदेशीसहित ३८ युवायुवती पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सुनसान र बस्तीभन्दा टाढाको एकान्त घरमा ट्रान्सपार्टी गरिरहेको समयमा प्रहरीले छापा मारेको छ। कास्की प्रहरीका अनुसार पोखरा महानगरपालिका–१८ सेदीस्थित जंगल नजिकको एकान्त घरमा स्वदेशी र विदेशी युवायुवतीहरू ट्रान्सपार्टीमा रमाइरहेको बेला प्रहरीले छापा मारेको हो।

मध्यरातमा छापा हानेको प्रहरीले अवैध रूपमा आयोजना गरिएको ट्रान्सपार्टीबाट ३८ जनालाई नियन्त्रणमा लिएको छ। ती मध्ये १२ जनाविरुद्ध मुद्दा चलाउने तयारी भएको छ। कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार पोखरा–१८ का कृष्ण पराजुलीका पुरानो घर बमेन्द्र पुनसहितको टोलीले भाडामा लिएर ट्रान्सपार्टी आयोजना गरेका थिए। पार्टीमा लागुऔषध समेतको बिक्री वितरण र सेवन समेत गरेको पाइएको प्रहरीले बताएको छ।

‘हामीले मध्यरातमा छापा मारेका हौँ। प्रहरीले छापा मार्दा त्यहाँका लागुऔषध सेवन र बिक्री वितरण गरेको पाइएको थियो,’ एसपी कार्कीले भने, ‘घरको चारैतिर घेरा हालेर छापा मारेका हौँ। स्वदेशी र विदेशीलाई त्यहाँबाट पक्राउ गरिएको छ।’

उनका अनुसार प्रहरीले पक्राउ गरेका मध्ये ८ जनाको साथबाट लागुऔषध फेला पारेको छ। ती मध्ये ६ जना विदेशी र बाँकी स्वदेशी युवायुवती थिए। उनीहरू सबैलाई स्क्रिनिङ गर्दा आठ जनाको साथबाट लागुऔषध फेला परेको एसपी कार्कीले जानकारी दिए।

कार्कीका अनुसार प्रहरीले उनीहरूको साथबाट एमडीएमए, चरेस, कोकिनजस्तो देखिने सेतो धुलो, खात, खैरो हेरोइन जस्तो पदार्थ, ‘आइस’ (एम्फेटामिन जस्तो देखिने पदार्थ), गाँजा, म्याजिक मसरुम, एलएसडी (लाइसर्जिक एसिड डाइथाइलामाइड) कागज र तरल फेला परेको प्रहरीले जनाएको छ।

‘यो अति नै उच्च तहको लागुऔषध हो। अरु बेला पनि यो तहको लागुऔषध खासै फेला पर्दैन,’ उनले भने, ‘लागुऔषधको स्वरुप पनि कुनै झोलामा त कुनै ठोस स्वरुपमा तयार पारिएको थियो।’ प्रहरीले पक्राउ परेका युवायुवतीबाट लागुऔषध बाहेक नगद र मोबाइलन समेत बरामद गरेको छ। पक्राउ परेको मध्ये चार जनालाई भने अभद्र मुद्दा चलाइने उनले जानकारी दिए।

एसपी कार्कीका अनुसार पक्राउ परेका मध्ये भारतीय नागरिक ३१ वर्षीया श्रृष्टी चन्द र ३५ वर्षीय अनुभव शर्मालाई लागुऔषधको मुद्दा चलाउने तयारी प्रहरीको छ। यस्तै पोखरा–६ का २७ वर्षीय विशाल परियार, पोखरा–५ प्रस्याङका २५ वर्षीय आशिष दर्जी, पोखरा–६ का ३२ वर्षीय बमेन्द्र पुन, दाङका २९ वर्षीय सौरभ महरा, काठमाडौंका २१ वर्षीय निकुञ्ज कार्की, ३१ वर्षीय सक्षम कोइराला, ३१ वर्षीय रोशन अधिकारी, २८ वर्षीय विवेक परियार र २६ वर्षीय सौरभ भनिने लोकबहादुर घर्तीमगरमाथि पनि मुद्दा चलाउने उनले बताए। ब्राजिलका नागरिक ४८ वर्षीय चार्ल्स गुवाइवामाथि पनि मुद्दा चलाउने प्रहरीको तयारी छ।

‘भर्खरका युवायुवती देखि पाको उमेरका पनि छन। लागुऔषधको खुलमखुला बिक्री र सेवन गरेर युवायुवती रमाएका थिए,’ उनले भने, ‘यो गतिविधि गर्न पाइदैन।’ प्रहरीका अनुसार लगातार तीनदिनसम्म चलाउने तयारीका साथ पार्टी आयोजना गरिएको थियो। नेपालमा ट्रान्स पार्टीलाई अवैध मानिन्छ। यसअघि पोखराको एक पाँचतारे होटलमा यस्तै ट्रान्सपार्टी आयोजना गरिएको थियो।

यो पनि पढ्नुहोस्

सरकार देशमा बढ्दो निराशाप्रति सरकार संवेदनहीन बनेको आरोप

सरकार देशमा बढ्दो निराशाप्रति सरकार संवेदनहीन बनेको आरोप

९ घण्टा अगाडि
आत्मदाहका घटना रोक्न माग

आत्मदाहका घटना रोक्न माग

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज प्रतिनिधिसभा बैठक बस्दै

साइकल चलाउने संस्कृतिको विकास गर्न किड्स कोरा–२०२६

फ्रान्सेली मुख्य प्रशिक्षक डेसच्याम्प्सले पद छाड्ने

६ महिनामा मात्रै जिल्लामा २८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

सीमा विवाद अभिव्यक्तिको जवाफ नदिएसम्म विरोध कायम रहने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक