मङ्ल, साउन ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विद्युत् सेवा तीन दिनपछि सञ्चालनमा

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
युक्रेनका हजारौं मानिस विद्युतविहीन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 रसुवा । चट्याङका कारण अवरुद्ध बनेको विद्युत् सेवा तीन दिनपछि सञ्चालनमा आएको छ । गत शनिबार अपराह्न परेको चट्याङले जिल्लाका विभिन्न क्षेत्रमा जडान गरिएका ‘ट्रान्सफर्मर’ उपकरणमा क्षति पुगेको थियो ।

क्षति भएका उपकरण तत्काल प्रतिस्थापन गरी सेवा पुनः सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरण शाखाले जनाएको छ । प्राधिकरणका प्राविधिक प्रमुख कुमार घलेका अनुसार चट्याङबाट चारवटा ट्रान्सफर्मर क्षति पुर्‍याएको थियो । मौज्दात नयाँ ट्रान्सफर्मर जडान गरेपछि विद्युत् आपूर्ति सुरु गरिएको हो ।

चट्याङबाट उत्तरगया गाउँपालिकाको माझगाउँ, गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत धुन्चेको साप्चे, आमा छोदिङ्मो गाउँपालिकाको बहुङडाँडा गोल्जुङ र पुरानो तातोपानी क्षेत्रका ट्रान्सफर्मरमा क्षति पुगेको थियो ।ट्रान्सफर्मरमा क्षति पुग्दा धुन्चेमा समेत विद्युत सेवामा समस्या देखिएको थियो ।

जिल्लामा विद्युत् उपभोग गर्ने करिब १० हजार ६०० ग्राहक रहेको प्राधिकरणले जनाएको छ । ट्रान्सफर्मर मरमत गर्न तत्काल कर्मचारी परिचालन गरिएको शाखा प्रमुख गुञ्जमान तामाङले जानकारी दिए । एकैपटक जिल्लाभर समस्या उत्पन्न हुँदा सबै स्थानमा एकसाथ प्राविधिक पुर्याउन चुनौती भएको उनको धारणा छ ।

जिल्ला विद्युत् उत्पादनको हब भए पनि निरन्तर विद्युत् आपूर्ति हुनसकेको छैन । समयसमयमा बत्ती निभ्ने पुरानो रोग अझै पनि विद्यामान छ । टिमुरे, रसुवागढी, खैदी तथा थुमन क्षेत्रको विद्युत् सेवाका प्रसारण लाइन भने रसुवागढी जलविद्युत् आयोजनामार्फत विस्तार गरिएको हो ।

प्राधिकरणले आपत्कालीन अवस्थाका लागि आवश्यक उपकरण मौज्दात राखिएको जनाएको छ । विपद्का बेला विद्युत् सेवा छिटो पुनः सञ्चालन गर्ने तयारी सधैँ राखिएको शाखा प्रमुख तामाङले बताए ।  जिल्लामा मासिक करिब डेढ करोड रुपैयाँबराबर विद्युत् महसुल सङ्कलन हुँदै आएको छ ।

यो पनि पढ्नुहोस्

अटोरिक्साको ठक्करबाट महिलाको  मृत्यु

करेन्ट लागेर मृत्यु

५ घण्टा अगाडि
एनडिएका सांसदहरू पुगेर अन्योल हटाउन निर्देशन

एनडिएका सांसदहरू पुगेर अन्योल हटाउन निर्देशन

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ओम सुनारकाे ‘हे पशुपत्ति’ म्यूजिक भिडियाे सार्वजनिक

७९ हजारभन्दा बढी नागरिकको विवरण सङ्कलन

कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै

अवैध लागूऔषध सहित चार जना पक्राउ

देशभर मनसुनी वायुको प्रभाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक