आइत, साउन ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाल पत्रकार महासंघकाे आज ७१ औं स्थापना दिवस

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
पत्रकार महासंघद्वारा निर्वाचन मतदाता नामावली प्रकाशन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 काठमाडौं ।  आज नेपाल पत्रकार महासंघकाे ७१ औं स्थापना दिवस मनाउने भएकाे छ । स्थापना दिवसको अवसरमा महासंघले काठमाडौं उपत्यकासहित देशभर विभिन्न कार्यक्रम गर्दैछ ।

स्थापना दिवसको अवसरमा महासंघ अध्यक्ष निर्मला शर्माले सन्देश जारी गर्दै जिम्मेवार पत्रकारिताको दायित्व स्मरण गराएकी छन् । जनताको सही सूचना पाउने अधिकारको सुनिश्चितता र समाजले अपेक्षा गरेको भूमिका निर्वाह गर्न उनले सबैमा अपिल गरेकी छन् ।

७ दशक लामो इतिहास बोकेको मुलुककै पुरानो अगुवा नागरिक संस्थाको रुपमा समाजमा स्थापित महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हितमा आफूलाई समर्पित गर्दै आएको अध्यक्ष शर्माको शुभकामना सन्देशमा उल्लेख गरिएकाे छ ।
‘व्यावसायिक र जवाफदेही पत्रकारितामार्फत सुदृढ लोकतन्त्र र विधिको शासन स्थापना गर्ने विषयलाई प्राथमिकतामा राखेर आफ्ना कार्यहरू गर्दै आएको छ,’ अध्यक्ष शर्माको सन्देशमा लेखिएको छ, ‘महासंघले मानव अधिकारको रक्षा, सही सूचना पाउने नागरिकको अधिकारको संरक्षणलगायतका सार्वजनिक सरोकारका विषयमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।’

लोकतन्त्रसँग पत्रकार र पत्रकारिता अभिन्न रुपले जोडिने भन्दै अध्यक्ष शर्माले भनेकी छन्, ‘तसर्थ हामीले कतिपय अवस्थामा व्यावसायिक जिम्मेवारीभन्दा बाहिर सार्वजनिक सरोकारका विषयमा पनि अभिमत जाहेर गर्नुपर्ने अवस्था हुन्छ ।’

‘संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि राज्यका कुनै अंग वा तहबाट जुनसुकै नाममा पनि संकुचन गर्ने वा नियन्त्रण गर्ने प्रयास भए त्यसको प्रतिवाद गर्नु हाम्रो कर्तव्य हो,’ अध्यक्ष शर्माले भनेकी छन्, ‘लोकतान्त्रिक संविधान लागू भएको दशक बितिसक्दा पनि पछिल्लो समय प्रेस स्वतन्त्रता हनन्का घटनाहरू बढ्दो क्रममा रहेकोमा महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारहरूको भौतिक सुरक्षाका लागि सधैं प्रतिबद्ध छ ।’

भर्खरै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि करिव दुई तिहाइको सरकार बनेकाले लामो समयदेखिको राजनीतिक अस्थिरताको अन्त्य हुने विश्वास महासंघले लिएको छ । यसका साथै अध्यक्ष शर्माले लामो समयदेखि रोकिएका सञ्चारसम्बन्धी कानुन र आवश्यक कानुन महासंघसहित सरोकारवाला पक्षसँग छलफल गरी ल्याउन सरकारसँग आग्रह गरेकी छन् ।

जेन्जी आन्दोलनको बेला मारमा परेका सञ्चारगृह र दुर्घटनामा परेका पत्रकारहरूको महासंघले संकलन गरेको विवरणअनुसार क्षतिपूर्ति दिलाइ मनोबल बढाउन जरुरी रहेको पनि उनले उल्लेख गरेकी छन् ।

सूचना प्रविधिको विकाससँगै बढिरहेको सामाजिक सञ्जालको प्रयोगले मिथ्या सूचनाको प्रवाह पनि बढ्दो चुनौती देखापरेको भन्दै उनले यस्तो अवस्थामा जिम्मेवार पत्रकारिता गर्दै महासंघको मर्यादा उँचो बनाउने र इतिहासको गौरवलाई नयाँ उचाइमा पुर्‍याउने जिम्मेवारी रहेको जनाएकी छन् ।

पत्रकारको भौतिक तथा पेशागत सुरक्षाको लागि आमसञ्चार क्षेत्रमा कार्यरत राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ संस्था तथा निकायसँगको सम्बन्ध थप बलियो बनाउन महासंघ लागीपरेको उनले उल्लेख गरेकी छन् । महासंघले सबै सञ्चारमाध्यम र श्रमजीवी पत्रकारहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन पहलकदमी अगाडि बढाइरहेको जानकारी पनि उनले दिएकी छन् ।

यो पनि पढ्नुहोस्

एशियन चेसमा नेपालको सानदार शुरुवात

एशियन चेसमा नेपालको सानदार शुरुवात

१ घण्टा अगाडि
अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा कायम

विदेशी मुद्राको विनिमयदर निर्धारण

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

ऐतिहासिक बन्दै ‘म मदनकृष्ण’को बायोपिक

एमालेलाई एक्ल्याउने प्रयास

अवकास पाइसकेका व्यक्तिलाई करारमा नराख्न पत्राचार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक