आइत, साउन ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पुल्चोक क्वाटरमा नवनियुक्त मन्त्रीहरुकाे व्यवस्थापन

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
पुल्चोक क्वाटरमा नवनियुक्त मन्त्रीहरुकाे  व्यवस्थापन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरुलाई पुल्चोकस्थित क्वाटरमा व्यवस्थापन गर्न थालेपछि त्यहाँ बसिरहेका केही न्यायाधीशहरु ‘बसाइँ सर्ने’ योजना बनाउन थालेका छन् । केहीले अस्थायी रुपमा भए पनि क्वाटर छाड्ने तयारी गरेका हुन् ।

एउटै कम्पाउण्डभित्रको क्वाटरमा कतै न्यायाधीशहरु बस्ने र कतै मन्त्रीहरु रहने अवस्था स्वाभाविक नहुने र त्यसबाट न्यायसम्पादनमा असर पर्नसक्ने भन्दै उनीहरुले वैकल्पिक योजनाको तयारी थालेका हुन् ।

ललितपुरको भैंसेपाटीमा सुविधासम्पन्न मन्त्री निवास बनेपछि पुल्चोक निवासबाट मन्त्रीहरु भैंसेपाटी सरेका थिए । पुल्चोकको निवासमा भने न्यायाधीशहरु बस्दै आएका छन् ।

जेनजी आन्दोलनका बेला भएको आगजनीले ललितपुरको भैंसेपाटीस्थित नवनिर्मित मन्त्रीनिवास क्षतिग्रस्त बनेको छ । त्यहाँ रक्षामन्त्री बसेको बाहेक सबै घर बस्न नमिल्नेगरी क्षतिग्रस्त भएको थियो ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारका सबै मन्त्रीहरुले आ–आफ्नो निवासलाई नै मन्त्रीक्वाटर बनाएका थिए । तत्कालीन युवा मन्त्री बब्लु गुप्ताले मात्रै भैंसेपाटीको त्यो सग्लो भवन प्रयोग गरेका थिए ।

‘अहिले पुल्चोकस्थित क्वाटरमा रहेकामध्ये कम्तिमा पनि पाँचवटा घर मर्मत र रंगरोगन चलिरहेको छ । अब छिट्टै केही मन्त्रीहरु त्यहाँ बसाइँ सर्ने थाहा पाएका छौं,’ सर्वोच्च अदालतका एक न्यायाधीशले भने, ‘हामी बाहिर बस्नेहरुलाई समस्या छैन, तर त्यहाँ बस्ने न्यायाधीशहरुले असहज महसुस गर्न थाल्नुभएको छ ।’

आचारसंहिता आकर्षित

कतिपय न्यायाधीश बस्ने निवाससँगैको अर्को कम्पाउण्डमा मन्त्री बस्ने तयारी भएको छ । सँधियारको मुद्दा हेर्न नमिल्ने प्रचलित अभ्यास अनुसार, ती मन्त्रीहरु जोडिएको मुद्दा पेशीमा परे के गर्ने भन्नेवारे अन्यौल भएको ती न्यायाधीशले जनाए ।

पुल्चोकस्थित निवासमा बसिरहेका एक न्यायाधीशका अनुसार, त्यहाँ रहेका न्यायाधीशहरुले दुई विकल्पमा छलफल गरिरहेका छन् ।

सँगैको निवासको बसाइँ, हिँड्डुलका क्रममा हुने भेटघाट र बोलचाल एवं अन्य व्यवहारले न्यायसम्पादनका काम कठिनाइ हुने ती न्यायाधीशले जनाए ।

‘त्यस्तो बसाइँ आचारसंहिता पालनासँग पनि जोडिने विषय भएकाले उहाँहरुलाई त्यहाँ बसिरहन कठिन हुने देखियो,’ ती न्यायाधीशले भने, ‘बसिरहेको ठाउँ छाडेर हिँड्न पनि अप्ठेरो हुने भएकाले अन्यौल भएको छ ।’

हरिहरभवन कम्पाउण्डसँग जोडिएको पुल्चोकस्थित क्वाटरभित्र अहिले १९ वटा भवनहरु छन् । प्रधानन्यायाधीश बालुवाटारस्थित निवासमा रहने र कतिपय न्यायाधीशहरु आफ्नै घरमा बस्ने भएकाले पुल्चोकस्थित कम्पाउण्डभित्र रहेका सबै निवासहरु प्रयोग भएका छैनन् ।

प्रयोग नभएर खाली भएका क्वाटरहरुमा नवनियुक्त मन्त्रीहरुले बस्ने योजना बनाएका हुन् । मर्मतसम्भारको काम शुरु हुन थालेपछि न्यायाधीशहरु सशंकित भएका हुन् ।

दुई विकल्पमा छलफल

पुल्चोकस्थित निवासमा बसिरहेका एक न्यायाधीशका अनुसार, त्यहाँ रहेका न्यायाधीशहरुले दुई विकल्पमा छलफल गरिरहेका  छन् ।

पहिलो, बाहिर बस्न सहज भएका न्यायाधीशहरु ‘झिटीगुण्टा’ कसेर आफ्नै निवासमा रहने र पुरानै तौरतरिकाले अदालत जाने ।

अर्काथरी न्यायाधीशहरु भने मन्त्रीहरु बस्न थालेपछि निवास खाली नगर्ने तर आफ्नो घरमै बसेर त्यहाँबाट अदालत आउजाउ गर्ने मनस्थितिमा छन् ।

ती न्यायाधीशहरुले भने, ‘हामी छलफलकै क्रममा छौं, के गर्ने भन्ने मनस्थिति बनिसकेको छैन ।’

हरिहरभवन छेवैको ७२ रोपनी जग्गा प्रयोग गरेर २०२८ सालमा मन्त्री क्वाटर बनाइएको हो । शुरुमा १४ वटा भवन रहेकोमा त्यहाँ पाँचवटा थपिएको थियो । सरकारले भैंसेपाटीमा नयाँ मन्त्रीक्वाटर बनाएपछि पुल्चोकस्थित पुरानो क्वाटर खाली भएको थियो ।

फागुन, २०७९ मा सरकारले पुल्चोकस्थित क्वाटरलाई सर्वोच्च अदालतका न्यायाधीश र मुख्य रजिष्ट्रारको निवास बनाउने निर्णय गरेको थियो । तर दुई वर्षपछि अर्थात भदौ, २०८१ पछि मात्रै त्यहाँ मन्त्रीहरु बस्न थालेका हुन् । कतिपय मन्त्रीहरु भने निकै ढिलो त्यहाँ बसाइँ सरेका थिए ।

यो पनि पढ्नुहोस्

एशियन चेसमा नेपालको सानदार शुरुवात

एशियन चेसमा नेपालको सानदार शुरुवात

३ घण्टा अगाडि
अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा कायम

विदेशी मुद्राको विनिमयदर निर्धारण

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु

ऐतिहासिक बन्दै ‘म मदनकृष्ण’को बायोपिक

एमालेलाई एक्ल्याउने प्रयास

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक