शुक्र, साउन १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जाँचबुझ आयोग न्यायालय राजनीतिक चंगुलमा

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
जाँचबुझ आयोग न्यायालय राजनीतिक चंगुलमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले न्यायालय राजनीतिक चंगुलमा रहेको जनाउँदै जनआस्था अभिवृद्धि र सुधारका लागि प्रतिवेदनमा विभिन्न उपाय सुझाएको छ ।

प्रतिवेदन अंशमा दलको सदस्य भएको वा दलको तर्फबाट जिम्मेवारी लिएका व्यक्तिलाई विभिन्न राजनैतिक दलका कोटा प्रणालीमार्फत न्यायाधीश बनाउने प्रचलनले गर्दा न्याय प्रणालीप्रति जनविश्वास घटेको बताइएको छ ।

प्रतिवेदनको पेज ७७३ देखि ७४८ सम्म सुधारका थुप्रै सुझावहरू प्रतिवेदनमा छन् ।

‘साथै, न्यायाधीशहरूले न्याय सम्पादन गर्दा सरकारको धारणाबाट प्रभावित हुने गरेको आरोप लाग्दै आएको छ । यसरी स्वतन्त्र रूपमा रहनुपर्ने सक्षम र सबैको भरोसाको केन्द्र न्यायालयसमेत राजनीतिक चंगुलमा फस्दा लोकतन्त्र कमजोर भएको महसुस आम नागरिकले गर्दै आएका छन्,’ प्रतिवेदनमा उल्लेख छ ।

न्याय निरुपण र सुलभ न्यायको लागि वकालती पेशा गर्ने वकिलहरूको फिस नै कुनै निर्धारित मापदण्डमा नभएकोले मनपरी शुल्क उठाउने गरिएको पनि प्रतिवेदनमा जनाइएको छ ।

‘सर्वसाधारणले सामान्य निवेदन पनि लेखाउन नसक्ने अवस्था छ । तसर्थ यसको लागि नियमनकारी निकायले सूचकको आधारमा नियमन गर्ने साथै सर्वसाधारणको एकरुपताको लागि कामबमोजिमको एकीकृत शुल्क निर्धारण गरी कार्यान्वयन गर्नेगराउने गर्नुपर्दछ,’ प्रतिवेदनमा उल्लेख छ ।

न्यायपालिकाले आफ्नो संस्थामा सुधार गर्न आफैँ अघि सर्नुपर्ने पनि प्रतिवेदनमा जनाइएको छ ।

‘सुधारको लागि सर्वोच्च अदालतबाट नै आफ्नै न्यायाधीशको अध्यक्षतामा एक आयोग गठन गरेर सुधारका लागि सुझाव लिएर काम गरिनु पर्दछ,’ आयोगले भनेको छ, ‘न्यायपालिकाप्रतिको वितृष्णा हटाउन, न्याय स्वच्छ, छरितो र किफायती बनाउन सर्वोच्च अदालत नै अग्रसर हुनु पर्दछ । मुद्दा छिटो छरितो गर्न गराउन मुद्दामा वकिलले हटाउने, बेन्च रोज्ने कूप्रवृत्ति हटाउनु पर्ने । एउटै मुद्दामा ५०सौँ वकिल राखेर प्रवचन दिने काम गराउनु भएन । विवादको तथ्य एकजना वकिलले प्रस्तुत गरेपछि लिड लयरले कानुनी त्रुटिमा मात्र बहस गराउने प्रणाली अपनाउनु पर्दछ । घण्टौँ बहस गरेर इजलासको समय बरबाद गर्न रोक्नु पर्दछ । न्याय सुलभ पार्न वकिलको फीलगायत विकृति र विसंगति फाँड्ने तथा न्यायलाई वकिलहरूको स्वर्ग हुनबाट बचाउनु पर्दछ ।’

प्रतिवेदनले पहुँच र पैसा नहुनेको लागि न्याय धेरै टाढाको विषय भएको समेत जनाएको छ । लोकतन्त्रको सुन्दरताको प्रमुख पक्ष न्यायिक विषयमाथि आम सर्वसाधारणको पहुँच नहुँदा न्यायपालिकाप्रति सर्वसाधारण रुष्ट हुन पुगेको पनि प्रतिवेदनले औँल्याएको छ ।

‘यसरी न्यायपालिकाको आस्था र गरिमालाई नष्ट गर्ने काम बेला बेलामा हुने गरेको छ । अब यस्तो विकृति सुधार कसरी गर्ने गराउने भन्नेतिर सबैले सोच्नु पर्दछ,’ प्रतिवेदनमा भनिएको छ ।

यो पनि पढ्नुहोस्

साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश

साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश

११ घण्टा अगाडि
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ खरिद-बिक्रि?

आज सुनको मूल्य बढ्याे

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत

आज सुनको मूल्य बढ्याे

शान्तिश्री परियारको स्वरमा तीज गीत ‘केटी पार्टी’ सार्वजनिक

टी-२० विश्वकपका लागि सिधै ग्लोबल छनोट खेल्ने

साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक