काठमाडौं । हाल जारी अमेरिका–इजरायल र इरानबिचको युद्धले विश्वभरको शान्ति खलबलिएको छ । युद्ध तत्काल अन्त्य गर्न आग्रहसहित काठमाडौं स्थित इजरायलका राजदूतावासको कन्सुलेट कार्यालय अगाडि मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ ।
इजरायली राजदूतावास लाजिम्पाट अगाडि समाजले आज प्रदर्शन गरेको हो ।
यसअघि समाजले अमेरिकी राजदूतावास महाराजगन्ज, इरानी कन्सुलेट कार्यालय याक एन्ड यति होटल दरबार मार्गमा प्रदर्शनी गरेको थियो ।


