काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘म’ केन्द्रित राजनीतिबाट माथि उठ्न नसके पूराना दलहरूको भन्दा नराम्रो हबिगत हुने टिप्पणी गरेका छन् ।
पार्टीले मंगलबार र बुधबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । ‘आफ्नो पोजिसन के हुन्छ । म कहाँ हुन्छु, पार्टी र सरकारमा मेरो हैसियत के हुन्छ ?,’ रविले थप भने, ‘यो म केन्द्रित राजनीतिबाट बाहिर उठ्न सकिएन भने हाम्रो हविगत पूराना राजनीतिक दलका नेताहरू भन्दा पनि बत्तर (नराम्रो) हविगत हुन्छ ।’ साथै, उनले नागरिकले विवेक पुर्याएर दुई तिहाइ दिएको भन्दै यसलाई चुनौतीकै रुपमा लिन नवनिर्वाचित सांसदहरूलाई आग्रह गरे ।

