बुध, साउन ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

धरहरा क्षेत्रमा निःशुल्क सवारी पार्किङ

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
निःशुल्क प्रवेश दिइएकाले धरहरा चढ्नेको घुइँचो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । काठमाडौं महानगरपालिकाको व्यवस्थापनमा धरहरा क्षेत्रमा निर्माण भएको सवारी पार्किङ क्षेत्रलाई सञ्चालनमा ल्याइएको छ ।

फागुन १० गतेदेखि नै महानगरले धराहरा क्षेत्रका पार्किङको व्यवस्थापन गरी सञ्चालनमा ल्याएको हो ।

वि.सं. २०८२ फागुन ९ गतेको मन्त्रिपरिषद्को बैठकले धराहरा क्षेत्रको सवारी पार्किङ व्यवस्थापन र सञ्चालनको जिम्मेवारी काठमाडौं महानगरलाई दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पार्किङको जिम्मेवारी महानगरपालिकाको नगर प्रहरी बलले सम्हालेको हो ।

काठमाडौं महानगर प्रहरी बलका प्रमुखको विष्णुप्रसाद जोशीले शुरुवाती चरणमा पार्किङ क्षेत्र पर्याप्त रूपमा व्यवस्थित नभएको जानकारी गराए । महानगरले जिम्मेवारी लिएपछि आवश्यक सुरक्षा तथा पूर्वाधार सुधार गरेर पार्किङ क्षेत्र सञ्चालनमा ल्याएको उनले जानकारी गराए ।

‘सुरुका दिनमा यहाँ धेरै कुराहरू व्यवस्थित थिएनन्, हामीले जिम्मेवारी लिइसकेपछि बत्तीको व्यवस्थापन गर्‍यौँ । फायर एक्स्टिङ्विग्सर थिएन, प्रज्वलनशील पदार्थ हुनसक्ने ठाउँमा, सवारी साधन हुने ठाउँमा फायर एक्स्टिङ्विग्सरको आवश्यकता अपरिहार्य थियो । यो तीन वटा तलामा प्रत्येक तल्लामा १० थानको दरले ३० थान हामीले फायर एक्स्टिङ्विग्सर जडान गरेका छौं,’ उनले भने ।

पार्किङ क्षेत्रमा सवारीको सुरक्षाको लागि सिसिटिभी क्यामेरा समेत जडान गरिएको छ । सिसिटिभी क्यामेरा अझै थप गर्ने तयारी भइरहेको उनले जनाए ।

‘सिसिटिभी क्यामेराहरू भने पहिलेदेखि नै थिए तर अपुग छ, हामी थप गर्ने तयारीमा छौँ । आवश्यकताअनुसार अपुग भएका कुराहरू हामी थप गर्दै जानेछौं,’ उनले भने ।

तीन भागमा पार्किङ विभाजन

धरहराको बेसमेन्ट पार्किङलाई बी–१, बी–२ र बी–३ गरी तीन भागमा विभाजन गरिएको छ । सबैभन्दा माथिल्लो तलामा रहेको बी–१ पार्किङमा १ सय २७ वटा चारपाङ्ग्रे सवारी साधन अट्ने क्षमता रहेको छ । यस्तै बी–२ मा करिव ७ सय वटा मोटरसाइकल पार्किङ गर्न सकिने छ ।

सबैभन्दा तल्लो तलामा रहेको बी–३ पार्किङमा भने हावाको प्रवाह (एयर सर्कुलेसन)मा केही समस्या देखिएकोले त्यहाँ पार्किङको लागि केही समस्या भएको प्रमुख जोशीले जनाए ।  साे तलामा १३५ वटा चारपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने क्षमता रहेको छ ।

महानगरपालिकाले विशेषगरी वसन्तपुर, विशालबजार, धर्मपथ, पाको, खिचापोखरी, सुन्धारा र जमल क्षेत्रलाई लक्षित गर्दै धरहराको पार्किङ सञ्चालनमा ल्याएको हो । ती क्षेत्रका फुटपाथ तथा सार्वजनिक सडकमा पार्किङ गर्न पूर्ण रूपमा रोक लगाइएको छ ।

महानगरकाअनुसार काठमाडौं महानगरपालिका भित्रका वडा नम्बर १ देखि ३२ सम्म सार्वजनिक सडक तथा पेटीमा सवारी साधन पार्किङ गर्न पाइँदैन । नियम उल्लंघन गर्ने सवारी चालकलाई कानुनी कारबाहीको दायरामा ल्याइएको पनि महानगरले जनाएको छ ।

‘ठाउँठाउँमा अपाङ्गमैत्री सवारीसाधनहरूको पनि व्यवस्थापन गर्ने गरिएको छ । अहिले महानगरपालिका यो शहर क्षेत्रभित्रका विशेषगरी वसन्तपुर, विशालबजार, धर्मपथ, पाको, खिचापोखरी, सुन्धारा, जमल क्षेत्रलाई लक्षित गरेर पार्किङ सञ्चालनमा ल्याएको हो । त्यो क्षेत्रमा हामीले पार्किङ निषेध गरेका छौँ, फुटपाथमा,’ उनले भने ।

नगर प्रहरी बलका प्रमुख जोशीकाअनुसार हाल धरहरा पार्किङ सेवा पूर्णरूपमा नि:शुल्क राखिएको छ । नगर प्रहरी बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म खटिने गरेका छन् । पार्किङ क्षेत्र भने बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सवारी साधन भिर्त्याउनका लागि खुला रहनेछ भने त्यसपछि बाहिर निकाल्न मात्रै अनुमति दिइने व्यवस्था गरिएको उनले जानकारी गराए ।

‘हामीले नि:शुल्क पार्किङको व्यवस्था गरेका छौँ, कुनै शुल्क लिएको छैन । नगरप्रहरी विहान ६ बजेदेखि बेलुकी ८ बजेसम्म तैनाथ हुन्छन् । आवश्यकताका आधारमा कहिले कहीँ सवारीसाधन लिन नआउने, अबेर आउँदाखेरी ९/१० बजेसम्म पनि हामी पर्खिने गरेका छौं,’ उनले भने । सवारीसाधनको सुरक्षाको जिम्मेवारी भने सवारीधनी आफैंले लिनुपर्ने उनले जनाए ।

यो पनि पढ्नुहोस्

गुर्भाकोटमा यात्रुवाहक फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते

गुर्भाकोटमा यात्रुवाहक फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते

४५ मिनेट अगाडि
विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

हस्तकलाको प्रवर्द्धन गर्न सरकार सकारात्मक

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुनको मूल्य बढ्याे

बभनीमा मध्यकालीन मुद्रासहितको करुवा फेला

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

हस्तकलाको प्रवर्द्धन गर्न सरकार सकारात्मक

पेलेकाे जर्सी करिब ७५ करोड ५६ लाख २९ हजार नेपाली रुपैयाँमा लिलामी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक