काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री कार्कीले आइतबार भक्तपुरको सूर्यविनायक नगरपालिका–७, गुन्डुस्थित ओली निवास पुगेर शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै निधनप्रति दुख व्यक्त गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री कार्कीले बुवाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष ओली र शोकाकुल परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भनी कामना गर्नुभयो ।
यही फागुन २९ गते ९७ वर्षको उमेरमा उपचारका क्रममा मोहनप्रसाद ओलीको निधन भएको हो । निर्वाचनपछिको व्यस्तताका बाबजुद प्रधानमन्त्री कार्की शोकमा रहेका ओलीलाई भेट्न उहाँकै निवास पुग्नुभएको हो ।


