आइत, साउन ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

१ सय २९ अन्तर्राष्ट्रिय उडान रद्द

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
0
१२९ अन्तर्राष्ट्रिय उडान रद्द
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । उडान सुरक्षासम्बन्धी तनावका कारण पश्चिम एसियाका देशमा जारी गैरसैनिक उडान प्रतिबन्धले पछिल्लो नौ दिनमा १ सय २९ अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार फागुन १६ देखि कतार, कुवेत, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरबलगायतका मुलुकमा जारी हवाई प्रतिबन्धका कारण फागुन २० देखि २८ सम्म उक्त उडान रद्द भएका हुन् ।

विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार फागुन १६ गतेयता कतार र कुवेतमा एउटा पनि उडान हुन सकेको छैन । युद्धको प्रभावबिच युएईको दुबई, सारजहा र अबुधाबीबाट फागुन २० देखि २७ सम्म २१ वटा उडान भएका छन् ।

उनले भने, “क्षेत्रीय तनावबिच युएईबाट फ्लाई दुबई र एयर अरेबियाले उडान गरे पनि नेपालबाट दैनिक डेढ दर्जन हाराहारी उडान रद्द हुँदै आएका छन् । पछिल्लो एक सातामा फ्लाई दुबई र एयर अरेबियाले २१ वटा उडान गरे पनि नेपालबाट हिमालय एयरलाइन्सले चार वटा मात्रै उडानको अनुमति पाएको छ ।”

उक्त उडानबाट पछिल्लो एक सातामा तीन हजार ६ सय ४९ यात्रु नेपाल भित्रिएका र नेपालबाट दुई हजार २८ यात्रु बाहिरिएको उनले बताए । एयर अरेबियाले १४, फ्लाई दुबईले पाँच वटा र हिमालय एयरलाइन्सले चार वटा उडान गरेको हो ।

फागुन १६ देखि कतार नागरिक उड्डयन प्राधिकरणले आफ्नो हवाई आकाशमा उडान प्रतिबन्ध लागेपछि नेपालमै रोकिएका दुई वाइडबडी जहाजमध्ये एक जहाज १० दिनपछि चार्टर्ड उडानमार्फत साउदीको रियाद हुँदै लन्डनको हिथ्रो विमानस्थलतर्फ लागेको छ भने अर्को जहाज अझै नेपालमै रोकिएको छ ।

नेपालमा दैनिक तीन उडान गर्दै आएको कतार एयरलाइन्सले पछिल्लो समय हिथ्रो, बर्लिन, कोपेनहेगन, म्याड्रिड, रोम र एम्स्टर्डममा सीमित राहत उडान गरिरहे पनि नेपालमा हुने उडान भने अझै अनिश्चित छ । विमानस्थल कार्यालयका अनुसार उडान रद्द हुँदा हरेक दिन दुुई करोड १० लाख रुपियाँभन्दा बढीको आर्थिक नोक्सानी हुँदै आएको छ ।

यो पनि पढ्नुहोस्

उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड

उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड

८ घण्टा अगाडि
प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु

प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अवकास पाइसकेका व्यक्तिलाई करारमा नराख्न पत्राचार

ऐतिहासिक बन्दै ‘म मदनकृष्ण’को बायोपिक

एमालेलाई एक्ल्याउने प्रयास

उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड

गुणस्तरीय मनोवैज्ञानिक परामर्श सेवा उपलब्ध गराउन सम्झौता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक