काठमाडौं । मधेश प्रदेशमा ३२ वटा निर्वाचन क्षेत्र छ । त्यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३० क्षेत्रमा जित हासिल गरेको छ ।
एउटा क्षेत्रमा उसको उम्मेदवारको उम्मेदवारी नै खारेज भएको थियो भने अर्को एउटा क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भए ।
रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार फिरदोश आलम विजयी हुँदा रास्वपाका उम्मेदवार शेख सगिर तेस्रो भए । बाँकी ३० क्षेत्रमा प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार विजयी भएका हुन् ।
मधेश प्रदेशका सबै निर्वाचन क्षेत्रबाट विजयी भएका र पराजित भएका रास्वपाका सबै उम्मेदवारको मत जोड्दा १० लाख ६५ हजार ९७८ पुग्छ । समानुपातिकतर्फ रास्वपाले पाएको मत यो भन्दा बढी छ ।
निर्वाचन आयोगका अनुसार मधेश प्रदेशबाट रास्वपाले समानुपातिकतर्फ १३ लाख ४६८ मत पाएको छ ।


