काठमाडौं । भाषा आयोगका सदस्य एवम् वरिष्ठ पत्रकार तथा कवि सुरेश किरण मानन्धरको निधन भएको छ। नेपाल भाषा आन्दोलनका एक अभियन्ता उनको सोमबार काठमाडौंमा निधन भएको हो ।
वि.सं. २०२३ सालमा जन्मिएका नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय सल्लाहकार तथा वरिष्ठ पत्रकार मानन्धरको ५९ वर्षको उमेरमा निधन भएको हो।
उनको निधनले पत्रकारिता, साहित्य तथा बौद्धिक क्षेत्रमा अपूरणीय क्षति भएको छ । उनको पार्थिव शरीर बुधबार बिहान ९ बजेदेखि १२ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि नेपालभाषा मंका खलः प्राङ्गणमा राखेर उनको अन्त्येष्टि लुँतिघाट (खुसिबुँ)मा अन्त्याेष्टी अहिले भर्खरै सम्पन्न भएकाे छ ।


