बुध, फाल्गुन २०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

झापा ५ मा २५० भन्दा बढी सैनिक फौज परिचालन

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
झापा ५ मा २५० भन्दा बढी सैनिक फौज परिचालन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

झापा । आगामी निर्वाचनको सन्दर्भमा देशभरिकै ‘इलेक्सन इपिसेन्टर’ मानिएको झापा क्षेत्र नम्बर ५ को सुरक्षा व्यवस्थालाई अत्यन्तै कडा पारिएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाहबीचको मुख्य प्रतिस्पर्धाका कारण यो क्षेत्र सुरक्षाको दृष्टिले संवेदनशील देखिएको छ। सोही संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाली सेनाले अन्य सुरक्षा निकायसँग समन्वय गरी ‘आक्रामक’ रूपमा सुरक्षा रणनीति अपनाएको छ।

निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन सेनाले गत माघ २१ गतेदेखि नै दमक ८ स्थित सभागृहमा कम्पनी अपरेटिङ बेस (सीओबी) खडा गरेको छ। अरिदमन गण चारआलीका सेनानी सुरेन्द्र योगीको कमाण्डमा रहेको यस सीओबी अन्तर्गत दमक, गौरादह, तोपगाछी र गौरीगञ्जमा चारवटा प्लाटुन अपरेटिङ बेस (पीओबी) हरू स्थापना गरिएका छन्।

हाल यस क्षेत्रको सुरक्षाका लागि २५० भन्दा बढी सैनिक फौज परिचालन गरिएको छ भने प्रत्येक पीओबीमा लप्टनको कमाण्डमा ३५ जनाको टोली खटिएको छ।

सेनाले दमकमा आफ्नै हेलिप्याड निर्माण गरी हवाई गस्तीसमेत सुरु गरेको छ। आज मात्रै नेपाली सेनाको एएलएच हेलिकप्टरमार्फत विशेष फोर्सले दमक बजार र क्षेत्र नम्बर ५ का विभिन्न स्थानमा ‘हवाई रेकी’ गरेको छ।

 

जमीनमा सुरक्षाका लागि चारवटा बख्तरबन्ध गाडीसहित विशेष फौज परिचालन गरिएको छ। सेनाले विगत एक महिनादेखि नै भेइकल पेट्रोलिङ, डे-नाइट पेट्रोलिङ र फ्ल्याग मार्चजस्ता गतिविधिहरू सञ्चालन गर्दै आएको छ।

सुरक्षा बेसहरूमा बम डिस्पोजल टोलीलाई ‘हाई अलर्ट’ मा राखिएको छ। निर्वाचनका बेला हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सेनाले विद्यालयका विद्यार्थीहरूका लागि ‘माइन रिक्स एजुकेशन’ कक्षा समेत सञ्चालन गरेको छ।

बेवारिसे विस्फोटक पदार्थ भेटिएमा कसरी सुरक्षित रहने र सुरक्षा निकायलाई कसरी खबर गर्ने भन्ने विषयमा विद्यार्थीहरूलाई सचेत गराइएको छ।

सेनाले निर्वाचनमा प्रत्यक्ष हस्तक्षेप नगर्ने तर सुरक्षामा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ। मतदानको समयमा सेना तेस्रो घेरामा रहनेछ र मतदान केन्द्रभित्र प्रवेश गर्ने छैन।

मतपेटिका ढुवानीका क्रममा सेनाले नछोइकन केवल ‘स्कर्टिङ र पिकेटिङ’ मार्फत सुरक्षा प्रदान गर्नेछ। दमकको अर्ग्यानिक कृषि भवनमा हुने मतगणना स्थलमा अन्तिम नतिजा नआएसम्म सेनाले चौबीसै घण्टा पहरा दिने योजना बनाएको छ।

एक सैनिक अधिकारीका अनुसार निर्वाचन बिथोल्न खोज्ने वा हस्तक्षेप गर्न खोज्ने जोकोहीलाई सुरक्षा कार्यविधि अनुसार कडा कारबाही गरिनेछ।

सेना ‘पर्ख र हेर’ को अवस्थामा नरही आवश्यक परेको खण्डमा तत्काल ‘एक्सन’ मा जाने गरी आदेश लिइसकेको जानकारी दिइएको छ।

जिल्ला सुरक्षा समिति र उच्च पदस्थ सैनिक अधिकारीहरूले समेत दमकस्थित सुरक्षा बेसको निरीक्षण गरी सुरक्षा तयारीको मनोबल बढाएका छन्।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

राइफलसहित एकजना नियन्त्रणमा

१९ घण्टा अगाडि
निर्वाचन केन्द्रीत सुरक्षा व्यवस्थापन सम्बन्धी अन्तरक्रिया सम्पन्न

निर्वाचन केन्द्रीत सुरक्षा व्यवस्थापन सम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दाउरा थकालीमा आगलागी

प्रसाईं पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी

चुनाव हुँदैन भन्ने अभिव्यक्ति दिने ज्योतिष पक्राउ

मोरङ र ताप्लेजुङमा फेला परेका शंकास्पद वस्तु निष्क्रिय

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

इरानले अमेरिकासँग वार्ता नगर्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक