काठमाडौं । अछाम, मेल्लेख गाउँपालिका-५ रावतवाडा बस्ने ६८ वर्षीय नन्दे साउद सोही गाउँपालिका-५ रावतवाडास्थित बुके डाँडा खोलाको खोल्सामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
सुर्खेत, भेरीगंगा नगरपालिका-९ ठुल जात्रीस्थित भेरी नदी किनारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ७५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । झापा, मेचीनगर नगरपालिका-१० ताराबारी बस्ने ५६ वर्षीय घुटु उराव आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


