बुध, साउन ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आधुनिक जलवायु मापन केन्द्र स्थापना

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
0
आधुनिक जलवायु मापन केन्द्र स्थापना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मनाङ । मनाङको नासोँ गाउँपालिका–५, थोँचेमा रहेको प्रकाशज्योति उमाविमा वातावरणीय अध्ययन तथा वैज्ञानिक अनुसन्धानलाई थप सुदृढ बनाउने उद्देश्यले आधुनिक जलवायु मापन केन्द्र स्थापना गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुर काठमाडौँ र लौजान विश्वविद्यालय स्विजरल्यान्डको संयुक्त सहकार्यमा चार लाख रुपियाँ लागतमा आधुनिक जलवायु मापन केन्द्र स्थापना गरिएको हो । केन्द्रले वायुको तापक्रम तथा सापेक्षिक आद्रता र वर्षामापक यन्त्र जडान गर्ने कार्य सम्पन्न भएको जनाएको छ । त्रिवि मानवशास्त्र केन्द्रीय विभाग कीर्तिपुरका उपप्राध्यापक डा. नवीन पौडेल र त्रिविकै जल तथा मौसम केन्द्रीय विभाग कीर्तिपुरका सहप्राध्यापक डा. विनोद दवाडीको विशेष पहलमा जलवायु मापन केन्द्र स्थापना गरिएको प्रकाश ज्योति उमाविका प्रधानाध्यापक पदमराज पन्थीले बताउनुभयो ।

स्थानीय सरकार तथा सम्बन्धित प्राविधिक निकायहरूको सहकार्यमा स्थापना गरिएको उक्त केन्द्रमार्फत अब क्षेत्रीय स्तरमै मौसमसम्बन्धी तथ्याङ्क सङ्कलन र विश्लेषण गरिने र शिक्षण सिकाइमा यसले सहजता ल्याउने अपेक्षा गरिएको प्रधानाध्यापक पन्थीले बताउनुभयो ।

नवनिर्मित केन्द्रमा तापक्रम, वर्षा, हावाको गति तथा दिशा, आद्रतालगायत विभिन्न मौसमीय सूचकहरू मापन गर्ने उपकरण जडान गरिएको छ । यहाँबाट सङ्कलित तथ्याङ्कले दीर्घकालीन जलवायु प्रवृत्ति अध्ययन, मौसम पूर्वानुमान सुदृढीकरण तथा जलवायु परिवर्तनको प्रभाव विश्लेषणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

केन्द्रको स्थापनापछि प्राकृतिक विपद् जस्तै बाढी, पहिरो तथा खडेरीको जोखिम मूल्याङ्कनमा सहजता आउने छ । समयमै उपलब्ध हुने वैज्ञानिक तथ्याङ्कले विपद् पूर्वतयारी तथा जोखिम न्यूनीकरण रणनीति निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

यसैगरी, स्थानीय विद्यालयका विद्यार्थीहरूलाई व्यावहारिक सिकाइको अवसर प्रदान गर्ने उद्देश्यले पनि केन्द्र उपयोगी हुने जनाइएको छ । विद्यार्थीहरूले प्रत्यक्ष रूपमा मौसम मापन प्रक्रिया, तथ्याङ्क अभिलेखीकरण तथा विश्लेषण विधिबारे अध्ययन गर्न सक्ने छन्, जसले वैज्ञानिक अनुसन्धानतर्फ अभिरुचि वृद्धि गर्ने अपेक्षा गरिएको छ ।

स्थानीयले जलवायु मापन केन्द्रको स्थापनालाई क्षेत्रीय विकासको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् । वातावरण संरक्षण, कृषि उत्पादन सुधार तथा दिगो विकासका लागि आवश्यक नीति निर्माणमा यस केन्द्रबाट प्राप्त तथ्याङ्क प्रभावकारी आधार बन्ने विश्वास गरिएको नासोँ–५ का वडाध्यक्ष थुतेन लामाले जनाउनुभयो ।

यो पनि पढ्नुहोस्

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

हस्तकलाको प्रवर्द्धन गर्न सरकार सकारात्मक

२० मिनेट अगाडि
पेलेकाे जर्सी करिब ७५ करोड ५६ लाख २९ हजार नेपाली रुपैयाँमा लिलामी

पेलेकाे जर्सी करिब ७५ करोड ५६ लाख २९ हजार नेपाली रुपैयाँमा लिलामी

२६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुनको मूल्य बढ्याे

बभनीमा मध्यकालीन मुद्रासहितको करुवा फेला

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

युक्रेनका सेना प्रमुख पदबाट बर्खास्ती

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक