मङ्ल, फाल्गुन १९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आज नेप्से झिनो अंकले बढ्याे

धारणा न्यूज by धारणा न्यूज
५ दिन अगाडि
0
सेयर बजारमा दोहोरो अंकको वृद्धि
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) नेप्से झिनो अंकले बढेको छ।

यो साता नेप्से पाँच कारोबार दिन नै खुल्यो। जसमा साताको पहिलो दिन ओरालो लागेको सेयरबजार बाँकी चार कारोबार दिन भने उकालो लागेको छ। नेप्से आइतबार २७.५९ अंकले घट्दा सोमबार २.४१‚ मंगलबार २१.६२ र बुधबार १०.३० अंकले उकालो लाग्यो।

आज (बिहीबार) पनि नेप्से ६.०३ अंकले उकालो लागेको छ। अघिल्लो दिनको तुलनामा आज कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से ०.२२ प्रतिशतले बढ्दै २६५४.९३ विन्दुमा अडिएको छ।

बिहीबार सेन्सिटिभ इन्डेक्स पनि १.९३ अंकले बढेर ४५६.५१ विन्दुमा रोकिएको छ। सेन्सेटिभ इन्डेक्स अघिल्लो कारोबार दिनको तुलनामा ०.४२ प्रतिशतले बढेको हो। नेप्सेमा बिहीबार ३३५ कम्पनीको ४४ हजार २०४ पटकको कारोबारमा एक करोड ५३ हजार १४५ कित्ता सेयर किनबेच भए।

जसमा अनुसार बिहीबार नेप्सेमा चार अर्ब १७ करोड ४६ लाख ३० हजार ५१५ रुपैयाँबराबरको कारोबार भयो।

नेप्सेमा आइतबार ६ अर्ब ६९ करोड ९७ लाख २१ हजार २०४ रुपैयाँबराबरको कारोबार भएको थियो भने सोमबार पाँच अर्ब १३ करोड ८६ लाख ४९ हजार ९४६ रुपैयाँबराबरको कारोबार भएको थियो। यसैगरी मंगलबार चार अर्ब २३ करोड २४ लाख सात हजार ६१३ रुपैयाँबराबरको कारोबार हुँदा बुधाबार भने नेप्सेमा चार अर्ब ४५ करोड ११ लाख ४९ हजार ८० रुपैयाँबराबरको कारोबार भयो।

नेप्सेमा बिहीबार १३ समूहको कारोबार भएकामा चार समूहका सेयरमूल्य घटे। बाँकी नौ समूहका सेयरमूल्यमा हरियाली छाए। जसअनुसार वाणिज्य बैंक समूहको सूचक ०.६४‚ विकास बैंक ०.१३ तथा फाइनान्स समूहको सूचक ०.७१ प्रतिशतले उकालो लाग्दा होटेल तथा पर्यटन समूह भने ०.१६ प्रतिशतले ओरालो लागेकाे छ ।

यसैगरी जलविद्युत् ०.०५‚ लगानी ०.३५‚ जीवन बिमा ०.०३ प्रतिशतले बढे। आज उत्पादन तथा प्रशोधन ०.४१‚ लघुवित्त समूह ०.२८ र म्युचुअल फन्ड समूह ०.२५ प्रतिशतले घटेकाे छ । यस्तैगरी निर्जीवन बिमा १.०९‚ अन्य ०.०५ प्रतिशतले र व्यापार समूह ०.४६ प्रतिशतले बढेकाे छ ।

नेप्सेमा बिहीबार १३७ कम्पनीको सेयर मूल्य बढ्यो भने ११८ कम्पनीको ओरालो लाग्यो। यसैगरी सात कम्पनीका सेयरमूल्य भने स्थिर रहेकाे छ। दिनभर उतारचढाव भइरहेको नेप्सेमा बिहीबार पनि सबैभन्दा बढी साल्पा विकास बैंक लिमिटेडकै लगानीकर्ताले कमाएकाे छ । साल्पाका लगानीकर्ताले बिहीबार ९.९९ प्रतिशतले सेयरमूल्य आर्जन गरे। साल्पाको सेयरमूल्यमा आइतबार‚ मंगलबार र बुधबार पोजेटिभ सर्किट लागेको थियो। अर्थात् सेयरमूल्य १० प्रतिशतले बढेको थियो। सोमबार र बिहीबार भने साल्पाको सेयरमूल्य समान ९.९९ प्रतिशतले उकालो लागेको हो।

हिजो बुधबार रिलायन्स स्पिनिङ मिल्सको सेयरमूल्यमा पनि सकारात्मक सर्किट लगेको थियो। साल्पाको अन्तिम कारोबार मूल्य भने ५८४ रुपैयाँ कायम रह्यो। यसैगरी एनआईबीएल डिबेन्चरका लगानीकर्ताले सेयरयुनिटको मूल्य गुमाएकाे छ । यसको सेयरयुनिट ३.६० प्रतिशतले ओरालो लाग्यो। सबैभन्दा धेरै कारोबार हुनेमा अपी पावर कम्पनी लिमिटेड रहेकाे छ। अपीको आज ३२ करोड ६८ लाख ३२ हजार ५७४ रुपैयाँको कारोबार भयो। यसको अन्तिम सेयर मूल्य प्रतिकित्ता ३१२ रुपैयाँ कायम रहेकाे छ।

यो पनि पढ्नुहोस्

सेयर बजारमा दोहोरो अंकको वृद्धि

आज नेप्से परिसूचक बढ्याे

६ घण्टा अगाडि
सेयर बजारमा दोहोरो अंकको वृद्धि

नेप्सेमा दुई हजार ६३८ दशमलव ६० को बिन्दुमा कायम

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दाउरा थकालीमा आगलागी

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रसाईं पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी

सुर्खेतको छिन्चुमा शंकास्पद वस्तु फेला

मोरङ र ताप्लेजुङमा फेला परेका शंकास्पद वस्तु निष्क्रिय

अमेरिका–इजरायल आक्रमणमा हालसम्म  मृत्यु संख्या कम्तीमा ७४२ पुग्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक