काठमाडौं । तारकेश्वर नगरपालिका-१० छन्त्याल चोक डेरा गरी बस्ने लम्जुङ घर भएका लिला परियारको कोठाबाट नगद तथा सुनको सिक्री १ थान र सुनको मुन्द्रा १ जोर समेत गरी करिब ५ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


