बुध, साउन ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

निर्वाचनको अवधिमा उत्तरदायी बन्न आग्रह

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
Reading Time: 1 min read
0
कीर्ते गरी प्रेस पास बनाउनेमाथि अनुसन्धान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडाैं । प्रेस काउन्सिल नेपाल सत्य तथ्य, सन्तुलित, मर्यादित र जिम्मेवार पत्रकारिताको लागि पत्रकार र आमसञ्चार माध्यमलाई अनुगमन गर्ने स्वतन्त्र र स्वायत्त संस्था हो, जसले नेपालमा रहेका आमसञ्चार माध्यमको नियमित अनुगमन गरिरहेको छ । विगतमा झैं प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा पनि पत्रकार आचारसंहितालगायत निर्वाचन आचारसंहिता पालना भए÷नभएको विषयमा विशेष अनुगमन गरिरहेको छ ।

पछिल्लो समय केही सञ्चार माध्यमबाट निर्वाचन तथा मतदातालाई प्रभाव पार्ने किसिमबाट ‘चुनावी विश्लेषण’, ‘विशेष रिपोर्ट’, ‘सर्वेक्षण’ भनी मत सर्वेक्षणको शैलीमा राजनीतिक दल र उम्मेदवारको नाम नै किटान गरी ‘जित्नेछन्’, ‘यो उम्मेदवार त्यो भन्दा धेरै अगाडि’, ‘नयाँतिर आकर्षित’,  ‘…यसको लहर छ, यसको छैन’, ‘डेन्जर जोनमा’ भनी नागरिकको मनोभावनालाई असर पार्ने, आम मतदाता दिग्भ्रमित हुने र मत प्रभावित हुने खालका सामग्री सम्प्रेषण भएकोप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता सामग्रीले स्वच्छ र निष्पक्ष निर्वाचनमा प्रतिकूल प्रभाव पार्दछ । आचारसंहिता प्रतिकूल देखिएका सामग्रीलाई काउन्सिलले नोटिसमा राखेको छ । स्रोतको संरक्षण नहुने र मतदाताको गोपनियता भङ्ग हुने किसिमबाट सामग्री सम्प्रेषण गर्दा व्यक्तिको सुरक्षा चुनौती हुन सक्दछ । जसले सञ्चार माध्यमको स्वस्थ, स्वच्छ, स्वतन्त्र, सन्तुलित, निष्पक्ष र विश्वसनीय भूमिकामाथि प्रश्नचिन्ह खडा हुनजान्छ । प्रेस स्वतन्त्रताको नाममा प्रेषित सामग्रीले कसैलाई लाभ÷हानी पुग्न सक्दछ । तटस्थ र निष्पक्ष भूमिकामा रहनुपर्ने पत्रकारिताजस्तो महत्वपूर्ण पेसामा आवद्ध सञ्चार माध्यम तथा पत्रकारहरू यस महत्वपूर्ण ऐतिहासिक सन्दर्भमा थप मर्यादित, जिम्मेवार र उत्तरदायी हुनैपर्दछ ।
नेपालको संविधान र प्रचलित नेपाल कानुनको पालना गर्नु हरेक जिम्मेवार नागरिक, संघसंस्थाको कर्तव्य र जिम्मेवारी हो । पत्रकारिताको पेशागत उच्चतम आचरण कायम राखी स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित र उत्तरदायी पत्रकारिताको विकास तथा सम्बद्र्धनका लागि प्रेस काउन्सिलको स्थापना भएको हो । प्रेस काउन्सिल ऐन, २०४८ को प्रस्तावना, दफा ५ को उद्देश्य, दफा ७ ले तोकेको अधिकारक्षेत्रभित्र रही प्रेस काउन्सिल नेपाल क्रियाशील रहेको सबैलाई अवगत नै छ । निर्वाचनमा स्वतन्त्रता, निष्पक्षता, पारदर्शिता, भयमुक्त वातावरण कायम गर्नका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकारलाई प्रयोग गरी निर्वाचन आचारसंहिता बनेको छ । ऐनको दफा २२ (१–च) मा सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यमले समेत पालना गर्नुपर्दछ भन्ने व्यवस्था रहेको छ । यिनै ऐनको व्यवस्थाअनुसार बनेका आचारसंहिता परिपालनामा क्रियाशील हुनु सम्बन्धित निकायको जिम्मेवारी र कर्तव्य हो भन्ने कुरामा आमसञ्चार जगत अवगत नै छ ।
निर्वाचन सफल बनाउन राज्यका विभिन्न निकायजस्तै सञ्चार जगतको पनि विशेष भूमिका हुने हुँदा स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष र सन्तुलितरूपमा आचारसंहिताको परिधिभित्र रही सामग्री सम्प्रेषण गर्न र आम मतदाताको विवेक, स्वतन्त्रता र गोप्य मताधिकारको सम्मान गर्न र स्वच्छ एवं निष्पक्ष निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने कार्य र मत प्रभावित हुने खालका सामग्री सम्प्रेषण नगर्न÷नगराउन काउन्सिल आमसञ्चार माध्यम, सम्पूर्ण पत्रकार÷सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तालगायत सम्वद्ध सबैमा आग्रह गर्दछ ।
रामशरण बोहरा
सहप्रशासकीय अधिकृत
(सहप्रवक्ता÷सूचना अधिकारी)

यो पनि पढ्नुहोस्

गुर्भाकोटमा यात्रुवाहक फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते

गुर्भाकोटमा यात्रुवाहक फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते

४८ मिनेट अगाडि
विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

हस्तकलाको प्रवर्द्धन गर्न सरकार सकारात्मक

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुनको मूल्य बढ्याे

बभनीमा मध्यकालीन मुद्रासहितको करुवा फेला

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

हस्तकलाको प्रवर्द्धन गर्न सरकार सकारात्मक

पेलेकाे जर्सी करिब ७५ करोड ५६ लाख २९ हजार नेपाली रुपैयाँमा लिलामी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक