आइत, साउन ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चीनद्वारा ४० जापानी कम्पनीमाथि कडा निर्यात निगरानी

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
Reading Time: 1 min read
0
चीनद्वारा ४० जापानी कम्पनीमाथि कडा निर्यात निगरानी

China Japan

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बेइजिङ । ताइवान विषयलाई लिएर चीन-जापान सम्बन्धमा चर्किएको कूटनीतिक तनावबिच चीनले मङ्गलबार ४० जापानी कम्पनीमाथि कडा निर्यात निगरानी र नियन्त्रण उपाय घोषणा गरेको छ । बेइजिङले २० कम्पनीलाई सिधैँ निर्यात नियन्त्रण सूचीमा राख्दै चिनियाँ निर्यात कर्तालाई ती संस्थासँग दोहोरो प्रयोगका सामग्रीको कारोबार गर्न प्रतिबन्ध लगाएको छ भने थप २० कम्पनीलाई कडा निगरानी सूचीमा समावेश गरेको छ ।

चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार नागरिक र सैन्य दुवै प्रयोजनमा प्रयोग गर्न सकिने ‘दोहोरो प्रयोग’ सामग्री अब ती २० कम्पनीलाई बेच्न पाइने छैन । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘सबै चलिरहेका सम्बन्धित गतिविधि तुरुन्तै बन्द हुनुपर्छ’ भनेर स्पष्ट निर्देशन दिइएको छ । विदेशी संस्था वा व्यक्तिलाई समेत चीनमा उत्पादित त्यस्ता सामग्री ती सूचीकृत कम्पनीलाई उपलब्ध गराउन रोक लगाइएको जनाइएको छ ।

प्रतिबन्ध सूचीमा परेका कम्पनीहमा जहाज निर्माण, विमान इन्जिन तथा समुद्री मेसिनरी उत्पादनमा संलग्न मित्सुबिशी हेवी इन्डस्ट्रिजका सहायक कम्पनी, कावासाकी हेभी इन्डस्ट्रिज तथा फुजिट्सुका केही डिभिजन समावेश छन् । निगरानी सूचीमा राखिएका कम्पनीसँग कारोबार गर्न चाहने चिनियाँ निर्यात कर्ताले व्यक्तिगत इजाजतपत्रका लागि आवेदन दिनु पर्ने छ र जोखिम मूल्याङ्कन प्रतिवेदनसहित जापानी सेनाले ती सामग्री प्रयोग नगर्ने लिखित प्रतिबद्धता पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

उक्त सूचीमा सुबारू कर्पोरेसन, मित्सुबिशी मटेरियल्स कर्पोरेसन र इन्स्टिच्युट अफ साइन्स टोकियो जस्ता संस्था रहेका छन् । चिनियाँ पक्षले यी कदमलाई जापानको पुनः सैन्यीकरण र सम्भावित आणविक महत्त्वाकांक्षाप्रति चासो व्यक्त गर्दै ‘पूर्ण रूपमा वैध, उचित र कानूनी’ उपाय भएको दाबी गरेको छ । मन्त्रालयले यी निर्णय केवल सीमित सङ्ख्याका संस्थालाई लक्षित गरिएको र सामान्य आर्थिक तथा व्यापारिक आदानप्रदानमा असर नपर्ने स्पष्ट पारेको छ ।

“इमानदार र कानून पालन गर्ने जापानी संस्थाले चिन्ता गर्नुपर्ने कुनै कारण छैन”, विज्ञप्तिमा उल्लेख छ । यो निर्णयलाई गत नोभेम्बरमा जापानी प्रधानमन्त्री साने ताकाइचीले ताइवानको सुरक्षा सम्बन्धी सम्भावित अवस्थाबारे व्यक्त गर्नु भएको धारणा पश्चात् विकसित हुँदै आएको द्विपक्षीय संवेदनशीलताको निरन्तरताका रूपमा हेरिएको छ । बेइजिङले ताइवानलाई आफ्नै भू-क्षेत्रसँग सम्बन्धित विषयका रूपमा व्याख्या गर्दै आएको छ र यस सम्बन्धमा आफ्नो अडान स्पष्ट राख्दै आएको छ ।

ताइवानको हैसियतबारे बाह्य पक्षबाट आउने अभिव्यक्तिप्रति चीनले सामान्यतया सावधानीपूर्ण र संवेदनशील प्रतिक्रिया जनाउँदै आएको छ । यसैबिच, ताकाइचीको दलले यस महिनाको सुरुमा सम्पन्न संसदीय निर्वाचनमा उल्लेखनीय विजय हाँसिल गरेको छ, जसले जापानको सुरक्षा, आप्रवासन तथा रणनीतिक नीतिमा अझ रूढीवादी धार सुदृढ गर्ने अपेक्षा गरिएको छ । पछिल्लो चिनियाँ कदमलाई क्षेत्रीय शक्ति सन्तुलन र आपूर्ति शृङ्खलामा प्रभाव पार्न सक्ने सङ्केतका रूपमा पनि विश्लेषण गरिएको छ । एपी

यो पनि पढ्नुहोस्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप

ट्रम्पको हत्या गर्ने ‘विशिष्ट’ योजना

१ हप्ता अगाडि
कार्गो विमान (बोइङ ७३७) अचानक बेपत्ता

कार्गो विमान (बोइङ ७३७) अचानक बेपत्ता

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अवकास पाइसकेका व्यक्तिलाई करारमा नराख्न पत्राचार

ऐतिहासिक बन्दै ‘म मदनकृष्ण’को बायोपिक

एमालेलाई एक्ल्याउने प्रयास

उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड

गुणस्तरीय मनोवैज्ञानिक परामर्श सेवा उपलब्ध गराउन सम्झौता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक