बिहि, असार ३२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

निर्वाचन लक्षित घृणाकाे मैदान नबाउन आग्रह

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
0
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

दमक । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचनलाई उत्तेजना, आवेग र घृणाको मैदान नबनाउन आग्रह गर्नु भएको छ ।

उहाँले लोकतान्त्रिक अभ्यासमा मत व्यक्त गर्ने क्रममा मतदाताले झोक वा रिसका आधारमा निर्णय लिनु उचित नहुने जनाउदै यस्तो बताउनुभएको हो ।

झापाको धुलावारीमा सोमबार पत्रकारसँग कुरा गर्दै शर्माले निर्वाचनलाई स्वस्थ प्रतिस्पर्धा र विचारको संघर्षका रूपमा लिनुपर्नेमा जोड दिनु भएको छ । शर्माले देशले खोजेको परिवर्तन कुनै एक व्यक्तिमा सीमित नभएको जिकिर गर्नु भयो । यहाँ अमुक एक ब्याक्तिलाई प्रधानमन्त्री बनाउनसाथ परिवर्तन सम्भव नभएको उहाँको दाबी थियो ।

प्रशासनिक सुधार, राजनीतिक संस्कार, निजी क्षेत्रको पारदर्शिता र विकास निर्माणको गतिमा सुधार आवश्यक रहेको शर्माको भनाई छ । यी सबै क्षेत्रमा व्यापक परिवर्तन र रूपान्तरण आवश्यक रहेको शर्माले बताउनु भयो । परिवर्तन समग्र क्षेत्रमा चाहिएको हो, उहाँले भन्नुभयो ।

शर्माले पछिल्लो समय युवापुस्तामाझ उठेको “जेनजी” आन्दोलनको माग पनि यही समग्र परिवर्तनसँग जोडिएको उल्लेख गर्नु भयो । युवाहरूले पारदर्शिता, रोजगारी, उत्तरदायी शासन र दिगो विकासको माग गरिरहेको भन्दै उनले ती मागलाई राजनीतिक दलहरूले गम्भीरतापूर्वक लिनुपर्ने बताउनु भयो ।

जनताले सुशासन, तीव्र विकास र जिम्मेवार नेतृत्व खोजेका छन्, शर्माले स्पष्ट पार्नु भयो । यो गगन थापा नेतृत्वको काँग्रेसले गर्छ, शर्माले जनाउनु भयो । सबैलाई समेटेर लैजान सक्ने र सबैसंग मिल्न सक्ने क्षमता नेपाली काँग्रेस बाहेक अरुसँग नरहेको शर्माले बताउनुभयो । लोकतन्त्रको सौन्दर्य नै शान्तिपूर्ण बहस, नीति र दृष्टिकोणको प्रतिस्पर्धा भएको उल्लेख गर्दै उहाँले चुनावी अभियानमा संयमता आवश्यक रहेको शर्मा जनाउनुभयो ।

आफूलाई निर्वाचनपछिको प्रधानमन्त्रीको रुपमा उभ्याउनु भएका नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानममन्त्री केपी शर्मा ओली र रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहसँग आफ्ना पार्टी सभापति तथा आफूहरुले निर्वाचनपछिको प्रधानमन्त्रीको रुपमा अघि सारेका गगन थापासंग बहसका लागि आग्रह गर्नु भयो । मतदातालाई संयम, विवेक र दीर्घकालीन सोचसहित मतदान गर्न उनले पुनः आग्रह गर्नुभयो ।

यो पनि पढ्नुहोस्

सरकार देशमा बढ्दो निराशाप्रति सरकार संवेदनहीन बनेको आरोप

सरकार देशमा बढ्दो निराशाप्रति सरकार संवेदनहीन बनेको आरोप

१० घण्टा अगाडि
आत्मदाहका घटना रोक्न माग

आत्मदाहका घटना रोक्न माग

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज प्रतिनिधिसभा बैठक बस्दै

साइकल चलाउने संस्कृतिको विकास गर्न किड्स कोरा–२०२६

फ्रान्सेली मुख्य प्रशिक्षक डेसच्याम्प्सले पद छाड्ने

६ महिनामा मात्रै जिल्लामा २८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

सीमा विवाद अभिव्यक्तिको जवाफ नदिएसम्म विरोध कायम रहने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक