काठमाडौं । सप्तरीमा नेकपा एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाएको आरोपमा एक जना निर्वाचन प्रहरी पक्राउ परेका छन् ।
नेकपा एमालेको झन्डा जलाएका आरोपमा महादेव गाउँपालिका–५ का २५ वर्षीय हरिनारायण मण्डल पक्राउ परेको प्रहरीले जनाएको छ ।
सप्तरीको निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गतमा पर्ने महदेवा गाउँपालिका–५ भगवतपुर चोकमा राखिएको नेकपा एमालेले चुनावी प्रचारप्रसारका लागि झुन्ड्याएर राखेको झन्डा निकालेर उनले आगजनी गरेको उनीमाथि आरोप लागेको छ ।
त्यस्तै पक्राउ परेका मण्डल निर्वाचन प्रहरीमा समेत रहेको बताइएको छ । भने घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी (डिएसपी) डम्बरबहादुर पुरीले जनाएका छन् ।


