मङ्ल, साउन ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

युवाले नातावाद, कृपावाद र भ्रष्टाचार नसहने

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
Reading Time: 1 min read
0
टुँडिखेलमा प्रजातन्त्र दिवस मनाइयाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले प्रजातन्त्र आममानिसको मुहारमा झल्कनुपर्ने बताएकी छन् । युवालाई तिरष्कार गरेर कुनै राष्ट्र शान्त रहन नसक्ने भन्दै उनले युवाले नातावाद, कृपावाद र भ्रष्टाचार नसहने पनि जिकिर गरिन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज सैनिकमञ्च टुँडीखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सो धारणा राखेकी हुन् ।

‘प्रजातन्त्रको वास्तविक झल्को अन्त कहीँ होइन, आम मानिसको मुहारमा झल्किने आनन्ददायी मुस्कान र उनीहरूका निस्फिक्री निद्रामा झल्कनुपर्छ,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

अगाडि उनले भनिन्, ‘म स्पष्ट रूपमा भन्न चाहन्छु– युवालाई तिरष्कार गरेर कुनै राष्ट्र शान्त रहन सक्दैन । युवामा ऊर्जा छ, नैतिक क्रोध छ र परिवर्तनको आकांक्षा छ । उसले नातावाद, कृपावाद र भ्रष्टाचार सहँदैन । त्यो असन्तोषलाई दबाएर होइन, सम्बोधन गरेर मात्र राष्ट्र अघि बढ्न सक्छ ।’

निर्वाचनमा सम्पूर्ण शक्ति

प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वस्थ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण शक्ति लगाएको पनि बताइन् । निर्वाचनले ‘नयाँ युगको ढोका उघार्ने’ भन्दै उनले त्यसका लागि सरकार क्रियाशील रहेको जानकारी दिइन् ।

‘निर्वाचनलाई स्वस्थ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गरी मुलुकलाई दिगो लोकतान्त्रिक स्थायित्वको नयाँ युगको ढोका उघार्ने प्रयत्नमा हामीले पूरै ऊर्जा लगाएका छौं’ उनले भनिन् ।

नेपालको निर्वाचन इतिहासमा वि.सं. २०१५ साल फागुन ७ गतेदेखि पहिलो प्रजातान्त्रिक निर्वाचन सुचारु भएको स्मरण गर्दै उनले फागुन २१ गतेको निर्वाचन तोकिएकै मितिमा ‘भयरहित र विश्वसनीय वातावरण’मा निर्वाचन सम्पन्न हुने सुनिश्चित भएको बताइन् । स्वस्थ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरी मुलुकलाई दिगो लोकतान्त्रिक स्थायित्वमा लैजानुपर्नेमा उनको जोड थियो ।

निर्वाचनबाट आउने संसद र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने विश्वास व्यक्त गर्दै उनले संस्कारयुक्त राजनीति, जवाफदेही शासनशैली र सामाजिक न्यायसहितको समृद्धिका लागि सबैलाई एकजुट हुन अपील समेत गरिन् ।

‘लोकतन्त्र प्रक्रिया मात्र होइन’

लोकतन्त्र भनेको केवल प्रक्रिया मात्र पनि नभई नतिजा दिनुपर्नेमा उनले जोड दिइन् । विधिको शासनमा जोड दिँदै उनले भनिन्, ‘प्रक्रियाको नाममा नागरिकलाई अल्झाएर राख्नु, ढिलासुस्ती, हैरानी र प्रताडना दिनु पनि लोकतन्त्रको अभ्यास होइन । यो त बेथिति हो ।’

२३ र २४ भदौको घटनापपछि गठन भएको सरकारले जेनजी आन्दोलनको आवाजलाई गम्भीरतापूर्वक लिएको भन्दै प्रधानमन्त्री कार्कीले सुशासन, पारदर्शिता, समन्याय र जवाफदेहितालाई व्यवहारमा रूपान्तरण गर्ने दिशामा प्रयासहरू अभिमुख रहेको बताइन् ।

‘यद्यपि, असामान्य अवस्थालाई सामान्यीकरण गर्दै मुलुकमा शान्ति सुव्यवस्था बहाली गर्नु र छोटो समयमा निर्वाचनको समेत सबल वातावरण बनाउनुपर्ने यस सरकारको प्राथमिक कार्यादेश रहेको पनि यहाँहरूलाई विदितै छ,’ उनले भनिन् ।

उनले भनिन्, ‘यस निर्वाचनबाट आउने संसद् र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने विश्वास लिएकी छु ।’

यो पनि पढ्नुहोस्

अटोरिक्साको ठक्करबाट महिलाको  मृत्यु

करेन्ट लागेर मृत्यु

४ घण्टा अगाडि
एनडिएका सांसदहरू पुगेर अन्योल हटाउन निर्देशन

एनडिएका सांसदहरू पुगेर अन्योल हटाउन निर्देशन

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ओम सुनारकाे ‘हे पशुपत्ति’ म्यूजिक भिडियाे सार्वजनिक

७९ हजारभन्दा बढी नागरिकको विवरण सङ्कलन

कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै

अवैध लागूऔषध सहित चार जना पक्राउ

देशभर मनसुनी वायुको प्रभाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक