काठमाडौं । नारायणगोपाल चोक स्थित चक्रपथ सडक खण्डमा पैदल यात्रीलाई हातपात/दुर्व्यवहार गर्ने सवारी चालक प्रहरी नियन्त्रणमा आए पश्चात् निज उपर कसूर अनुसार कानुन बमोजिम आवश्यक थप अनुसन्धान भइरहेको छ ।
तत्पश्चात् विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबाट भ्रामक फोटो, भिडियो अन्य सूचना तथा AI सिर्जित श्रव्यदृश्य सामाग्रीहरू सम्प्रेषण भएका विषय जिल्ला प्रहरी परिसर काठमाडौंको संज्ञानमा रहेको छ ।
कानुन बमोजिम अनुसन्धान भएको विषय उपर सामाजिक सञ्जालमा भ्रामक फोटो, भिडियो तथा सूचना सम्प्रेषण गरिने कार्य पुनः अनुसन्धानको विषय बन्ने तर्फ सजग रहँदै सामाजिक सञ्जालको प्रयोग गर्ने र सार्वजनिक जबाफदेहिता वहन गर्ने मानवीय कर्तव्यको पालना गर्न सम्बद्ध सबैमा हार्दिक अनुरोध गर्दछौं ।



