काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले एजेन्डा विहीन भन्नेहरूलाई जवाफ दिएका छन् ।
बुधवार कैलालीको धनगढीमा रास्वपाले आयोजना गरेको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै रास्वपालाई एजेन्डा विहीन भन्नेहरूलाई जवाफ दिएका हुन ।
उनले भने,’खल्तीमा पैसा नभएको विपन्न गरीबले पढ्न पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा । खल्तीमा पैसा नभएको विपन्न गरीबले स्वास्थ्य उपचार पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा । दुई वर्षमा बन्नु पर्ने बाटो २० वर्षमा पनि बन्दैन । डेढ वर्षमा बन्नु पर्यो त्यो हो हाम्रो एजेन्डा । रुखमा बाँधेर हुन्छ कि ? बाटोमा सुताएर हुन्छ कि ? खोरमा जाकेर हुन्छ कि ? बाटो बन्नु पर्यो । यो हो हाम्रो एजेन्डा ।’
त्यस्तै, उनले भोटको सङ्ख्या गनेर यसअघि राजनीतिक दलहरूले विकास योजना वितरण गर्ने प्रवृत्ति रहेको कुरा प्रति दुःख समेत व्यक्त गरेका छन् ।
उनले भने, ‘यहाँ त बाटो बनाउनका लागि यो भेगमा मेरो भोट छैन । बाटो किन बनाउने, भोट छैन किन बाटो बनाउने, राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गयो भने, काँग्रेस हिँड्ने बाटो पनि बनाउँछ । एमाले हिँड्ने बाटो पनि बनाउँछ । माओवादी हिँड्ने बाटो पनि बनाउँछ । सबै नेपाली जनता हिँड्ने बाटो बनाउन्छ ।’


