बिहि, असार ३२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ्चालन

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
0
मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ्चालन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

जनकपुरधाम । क्लोथ बैंक नेपाल र नेपाल–भारत खुला सीमा संवाद समूहद्वारा प्रत्येक वर्षझैं यस वर्ष पनि मानव महाकुण्ड नामले परिचित मिथिला मध्यमा परिक्रमा अवसरमा नेपाल–भारतबाट आउने साधु–सन्त, महन्थ, श्रद्धालु तथा तीर्थयात्रीहरूको सेवाका लागि हेल्प डेस्क सञ्चालन गरिएको छ ।
उक्त हेल्प डेस्कमार्फत निःशुल्क स्वास्थ्य शिविर, शुद्ध पिउने पानी, प्राथमिक उपचार, औषधि वितरण लगायतका आधारभूत सुविधाहरू प्रदान गरिएको छ । आयोजकका अनुसार हालसम्म हजारभन्दा बढी सेवाग्राहीले प्रत्यक्ष लाभ लिइसकेका छन् । शिविर नेपालतर्फ पर्ने परिक्रमा मार्गका सबै बासास्थलहरूमा सञ्चालन गरिने जनाइएको छ।
शिविरमा मधेश प्रदेशका सभामुख राम अशिष यादव तथा धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का रास्वपा उम्मेदवार मनिष झासहित विभिन्न सामाजिक, राजनीतिक तथा बुद्धिजीवी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । उनीहरूको उपस्थितिले संस्थाका पदाधिकारी तथा स्वयंसेवकहरूको हौसला अभिवृद्धि भएको आयोजकले जनाएको छ ।
त्यसैगरी शिविरमा डा. अजय मिश्रा, सिअहेब दयाकान्त झा, दिलिप मिश्रा, क्लोथ बैंक नेपालका अध्यक्ष राजीव झा, सचिव मनिष श्रीओम, कोषाध्यक्ष रुबि झा, धनेश्वर ठाकुर, कृष्ण कुमार साह, रास्वपा नेता जितेन्द्र महासेठ, अम्बु प्रसाद साह, नन्दकुमार झा, बुद्धिजीवी राधारमण झा, इन्द्रेस झा लगायतको सक्रिय सहभागिता रहेको थियो ।
नेपाल र भारतबाट आएका श्रद्धालुहरूले खुला सीमाको सहज आवागमनले धार्मिक आस्था, सांस्कृतिक एकता र ऐतिहासिक सम्बन्धलाई अझ मजबुत बनाएको धारणा व्यक्त गरेका छन् । मिथिला मध्यमा परिक्रमा केवल धार्मिक अनुष्ठान मात्र नभई नेपाल–भारतबीचको साझा सभ्यता, परम्परा र आत्मीय सम्बन्धको जीवन्त प्रतीकका रूपमा रहेको छ ।
“सेवा नै धर्म हो” भन्ने मूल मन्त्रसहित सञ्चालन गरिएको मानव महाकुण्ड सेवा शिविरले परिक्रमा यात्रालाई थप सहज, व्यवस्थित र मानव–केन्द्रित बनाएको सहभागीहरूले बताएका छन् ।

यो पनि पढ्नुहोस्

सरकार देशमा बढ्दो निराशाप्रति सरकार संवेदनहीन बनेको आरोप

सरकार देशमा बढ्दो निराशाप्रति सरकार संवेदनहीन बनेको आरोप

९ घण्टा अगाडि
आत्मदाहका घटना रोक्न माग

आत्मदाहका घटना रोक्न माग

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज प्रतिनिधिसभा बैठक बस्दै

साइकल चलाउने संस्कृतिको विकास गर्न किड्स कोरा–२०२६

फ्रान्सेली मुख्य प्रशिक्षक डेसच्याम्प्सले पद छाड्ने

६ महिनामा मात्रै जिल्लामा २८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

सीमा विवाद अभिव्यक्तिको जवाफ नदिएसम्म विरोध कायम रहने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक