शनि, कार्तिक १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पूर्वप्रम जियाको बीएनपी बहुमत हासिल

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
Reading Time: 1 min read
0
पूर्वप्रम जियाको बीएनपी बहुमत हासिल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । बंगलादेशमा बिहीबार सम्पन्न आम निर्वाचनमा पूर्वप्रधानमन्त्री खालिदा जियाको पार्टी बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बहुमत हासिल गरेको छ। पार्टीले २९९ सिटमध्ये १८० सिटमा जित हात पारेको छ, जुन बहुमतका लागि आवश्यक १५० सिटभन्दा ३० सिट बढी हो। हालसम्म २२८ सिटको नतिजा सार्वजनिक भइसकेको छ।

यता, जमात-ए-इस्लामीको नेतृत्वमा रहेको ११ दलको गठबन्धनले हालसम्म केवल ४५ सिट मात्र जितेको छ। जमातका प्रमुख शफीकुर रहमानले ढाका–१५ निर्वाचन क्षेत्रबाट विजय हासिल गरेका छन्।

अब पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तथा बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ। उनले दुई निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका थिए र दुवै क्षेत्रमा विजयी भएका छन्। रहमान १७ वर्षपछि गत वर्षको डिसेम्बरमा स्वदेश फर्किएका थिए।

बंगलादेशले ३५ वर्षपछि पुरुष प्रधानमन्त्री पाउने लगभग निश्चित भएको हो। यसअघि सन् १९८८ मा काजी जफर अहमद प्रधानमन्त्री बनेपछि सन् १९९१ देखि २०२४ सम्म बंगलादेशको राजनीतिमा शेख हसीना र खालिदा जियाको प्रभाव कायम रह्यो। यस अवधिमा उनीहरू पालैपालो प्रधानमन्त्री बन्दै आएका थिए।

शेख हसीनाले देश छाडेपछि र खालिदा जियाको निधनपछि भएको यो पहिलो निर्वाचन हो। शेख हसीनाको पार्टी अवामी लिगलाई यस निर्वाचनमा सहभागी हुन अनुमति दिइएको थिएन। निर्वाचन आयोगका अनुसार सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनका क्रममा भएको हिंसामा पार्टीको संलग्नता रहेको आरोपका कारण यस्तो निर्णय लिइएको हो।

भारतमा बसिरहेकी पूर्व बंगलादेशी प्रधानमन्त्री शेख हसीनाले भने यस निर्वाचनलाई पूर्ण रूपमा फर्जी र असंवैधानिक भन्दै आलोचना गरेकी छन्। उनले मोहम्मद युनुसले गैरकानुनी तथा असंवैधानिक तरिकाबाट सत्ता कब्जा गरी त्यही आधारमा चुनाव गराएको आरोप लगाएकी छन्।

निर्वाचनका क्रममा बंगलादेशका विभिन्न स्थानमा झडपसमेत भएका थिए। एक मतदान केन्द्र बाहिर जमात-ए-इस्लामीका कार्यकर्तासँग भएको झडपमा बीएनपीका नेता मोहिबुज्जमान कोच्चिको मृत्यु भएको थियो।

त्यस्तै, मुन्सीगञ्ज–३ र गोपालगञ्ज सदर क्षेत्रमा मतदान केन्द्र बाहिर घरेलु बम प्रहार गरिएको थियो। गोपालगञ्ज सदर क्षेत्रमा भएको विस्फोटमा तीन जना घाइते भएका थिए।

बंगलादेशको निर्वाचनबारे भारतले भने नतिजा पर्खनुपर्ने धारणा व्यक्त गरेको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले नतिजा सार्वजनिक भएपछि मात्र जनमतको स्वरूपबारे मूल्यांकन गरिने प्रतिक्रिया दिएका छन्।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम प्रदेशसभा सदस्यको राजीनामा स्वीकृत

सुदूरपश्चिम प्रदेशसभा सदस्यको राजीनामा स्वीकृत

१० घण्टा अगाडि
कम्पनीहरूलाई छुटमा कारोबार जारी

कम्पनीहरूलाई छुटमा कारोबार जारी

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जेन–जी आन्दोलन सम्बन्धी २०६ वटा मुद्दा फिर्ता लिने

गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतामाथि प्रहार भए प्रतिवाद गर्छौं : अन्सारी

आधुनिक बनाउन कानुनमा सुधारको तयारी

टरिगाउँ र रारा विमानस्थलको अध्ययन अघि बढाउन निर्देशन

कांग्रेसको १५औं महाधिवेशन सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक