आइत, चैत्र १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

निर्वाचन लक्षित गर्दै स्याङ्जामा उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
निर्वाचन लक्षित गर्दै स्याङ्जामा उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

स्याङ्जा । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त देखिएका छन् ।

अन्तिम नामावली सार्वजनिक भई चुनाव चिह्न पाएसँगै दलका र स्वतन्त्र उम्मेदवारसम्म मतदाता भेटघाटमा जुटेका हुन् ।

चुनावी माहोल गर्मराएको छ । तर, यही चहलपहलसँगै स्याङ्जामा एउटा गम्भीर बहस सुरु भएको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा एक जना पनि महिला उम्मेदवार नहुँदा प्रश्न उठेको छ ।

जिल्लामा स्वतन्त्रसहित २८ जनाले उम्मेदवारी दर्ता गराए पनि अन्तिम नामावलीमा ११ दल र ४ स्वतन्त्र गरी २४ जना मात्रै मैदानमा छन् । तर, यसमा महिला एक जना पनि छैनन् ।

महिला उम्मेदवार शून्य हुँदा ‘के स्याङ्जामा नेतृत्व गर्न सक्ने महिला नै छैनन् ?’ भन्ने प्रश्न अहिले सर्वत्र उठ्न थालेको छ ।

संविधानले परिकल्पना गरेको समावेशी लोकतन्त्रको मर्मलाई दलहरूले बेवास्ता गरेको आरोप सरोकारवालाहरूले लगाएका छन् । दुई निर्वाचन क्षेत्रका २४ जना उम्मेदवार सबै पुरुष हुनु आफैंमा चिन्ताजनक विषय बनेको छ ।

यसपटक स्याङ्जामा पुरुष उम्मेदवारबीच मात्रै प्रत्यक्ष प्रतिस्पर्धा हुने निश्चित भएको छ । जिल्लाका स्थापित व्यक्तित्व, युवा तथा अधिकारकर्मीहरूले महिला सहभागिता नहुनुप्रति कडा असन्तुष्टि जनाएका छन् ।

उम्मेदवारी विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा ‘महिलाको भोट चाहिने, नेतृत्व नचाहिने ?’ भन्ने प्रश्नसहित दलहरूको आलोचना भइरहेको छ ।

चाखलाग्दो कुरा के छ भने स्याङ्जामा महिला मतदाता पुरुषभन्दा बढी छन् । कुल २ लाख ४१ हजार ९ सय १० मतदातामध्ये पुरुष १ लाख १८ हजार २ सय ६७ र महिला १ लाख २३ हजार ६ सय ४२ छन् । पुरुषभन्दा महिला मतदाता ५ हजार ३ सय ७५ ले बढी भए पनि प्रत्यक्षतर्फ महिला उम्मेदवार भने एक जना पनि छैनन् ।

संघीयता पछिको २०७४ र २०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ महिला उम्मेदवार मैदानमा उत्रिए पनि यसपटक भने ठूला र साना दल सबै चुक्न पुगेका छन् ।

अघिल्ला निर्वाचनमा नेकपा एमालेले स्याङ्जाबाट महिला उम्मेदवार उठाएको इतिहास रहे पनि यस निर्वाचनमा त्यो दोहोरिन सकेन । समग्रमा हेर्दा स्याङ्जामा लोकतान्त्रिक दलभन्दा वामपन्थी दलहरू महिला उम्मेदवारप्रति तुलनात्मक रूपमा उदार देखिँदै आएका छन् ।

यसपटक एमालेकी केन्द्रीय सचिव पद्मा अर्याल र कांग्रेसकी माया राना दुवै समानुपातिक सूचीमा छन् । तर, अन्य दलहरूले स्याङ्जाबाट समानुपातिकतर्फ पनि महिलालाई प्राथमिकतामा राखेको खासै देखिँदैन । संविधानले राज्यका हरेक तहमा ३३ प्रतिशत महिला सहभागिताको ग्यारेन्टी गरे पनि प्रत्यक्ष निर्वाचनमा भने ‘जित्ने उम्मेदवार’ को बहानामा महिलामाथि अविश्वास देखिँदै आएको आलोचना छ ।

२४ उम्मेदवारमध्ये महिला एक जना पनि नहुनुले दलहरूभित्र समावेशिताप्रतिको गम्भीरता कमजोर रहेको संकेत गर्ने विश्लेषकहरूको भनाइ छ । शिक्षित जिल्ला मानिने स्याङ्जामा महिलाविहीन निर्वाचनले संख्यात्मक नतिजा त दिन सक्छ, तर नैतिकता र समावेशीताको सवालमा ठूलो प्रश्नचिह्न खडा गरेको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशकी उपसभापति कल्पना तिवारीले प्रत्यक्ष निर्वाचनमा महिला उम्मेदवार नहुनु गम्भीर चिन्ताको विषय भएको बताइन् । समानुपातिकमा महिलाको उपस्थिति भए पनि प्रत्यक्ष प्रतिस्पर्धामा अघि नल्याउनु दलहरूको सोच र प्राथमिकतामाथि प्रश्न उठाउने विषय भएको उनको भनाइ छ । जित्ने सम्भावनामा कम विश्वास गरिने प्रवृत्तिका कारण महिलाहरू अवसरबाट वञ्चित हुँदै आएको उनले बताइन् ।

उता, नेकपा एमाले केन्द्रीय सदस्य सिमा क्षेत्रीले अघिल्ला निर्वाचनमा प्रत्यक्षतर्फ महिला उम्मेदवार उठाएको एमाले यसपटक परिस्थितिवश पुरुष उम्मेदवारमा सीमित हुनुपरेको बताइन् । समाजमा अझै पनि पितृसत्तात्मक सोच हावी भएकाले महिलालाई प्रत्यक्षमा विश्वास नगरिने अवस्था रहेको उनको तर्क छ ।

यो पनि पढ्नुहोस्

रूसको तेल केन्द्रमा आगलागी

रूसको तेल केन्द्रमा आगलागी

७ घण्टा अगाडि
सेयर बजारमा दोहोरो अंकको वृद्धि

नेप्सेमा आज सामान्य वृद्धि

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ग्यास अभाव समाधान गर्न निर्देशन

सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँ घट्याे

निर्वाचन आयोगले दलहरूलाई दिएको समयसीमा आज सकिँदै

जासुसीमा संलग्न ठानिएका कम्तीमा २० जना पक्राउ

सरकार गठन गर्न १० दिन लाग्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक