आइत, फाल्गुन ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

सुधारिएको पञ्चायत जस्तै सुधारिएको कांग्रेस बन्ने !

धारणा न्यूज by धारणा न्यूज
१ हप्ता अगाडि
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे
नेपाली कांग्रेसमा विशेष महाधिवेशनपछि नयाँ नेतृत्व आएको छ । यसले पार्टीभित्र केही पुराना प्रभावशाली नेताहरूलाई किनारा लगाएको छ । विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएका छन् र उनी भावी प्रधानमन्त्रीको रूपमा अघि बढाइएका छन् । गगन थापाले पटकपटक ‘कांग्रेस सुधारिएको छ’, ‘कांग्रेस बदलिएको छ, अब देश बदल्छौं’ भन्ने नारा दोहो¥याएका छन् । उनले जनतासामु सुशासन, भ्रष्टाचारमा शून्य सहनशीलता, युवा रोजगारी, सामाजिक न्याय र विकासको प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । यो नारा सुन्दा आकर्षक लाग्छ र युवा पुस्तामा उत्साह जगाउँछ । तर ‘सुधारिएको कांग्रेस’ भन्ने पदावलीले इतिहासको एउटा कालखण्डलाई तत्काल सम्झाइदिन्छ– त्यो हो सुधारिएको पञ्चायत । सुधारिएको पञ्चायतले जनतालाई ठूलो निराशा मात्र दियो र अन्ततः पूर्ण रूपमा असफल भयो, कांग्रेस कतै त्यही बाटोमा त अघि बढ्ने होइन ? यस्ता तमाम आशंका चिर्नुपर्ने जिम्मेवारी गगनमाथि छ ।
नेपालमा पञ्चायत व्यवस्था २०१७ सालमा राजा महेन्द्रले सुरु गरेका थिए । यो निर्दलीय व्यवस्था थियो, जसले राजालाई सर्वोच्च शक्ति प्रदान गरेको थियो । पञ्चायत व्यवस्थाविरुद्ध २०३५–३६ सालतिर विद्यार्थी आन्दोलन चर्कियो । सुरुमा शैक्षिक सुधारको मागबाट सुरु भएको यो आन्दोलनले छिट्टै पञ्चायतविरोधी राजनीतिक रूप लियो । बीपी कोइरालाको मेलमिलाप नीति र स्वदेश फिर्तीले जनमतलाई थप बलियो बनायो । विरोधको लहर बढ्दै गएपछि राजा वीरेन्द्रले २०३६ जेठ १० गते जनमत संग्रहको घोषणा गरे । जनतालाई दुई विकल्प दिइयो– हालको पञ्चायत व्यवस्था कायम राखी सामयिक सुधार गर्दै जाने वा बहुदलीय शासन व्यवस्था स्थापना गर्ने ।
२०३७ वैशाख २० गते जनमत संग्रह सम्पन्न भयो । सुधारिएको पञ्चायतको पक्षमा ५४.७९ प्रतिशत मत खसेको थियो भने बहुदलीयको पक्षमा ४५.२१ प्रतिशत । सुधारिएको पञ्चायतले जित हासिल ग¥यो । यसपछि नेपालको संविधान २०१९ मा तेस्रो संशोधन भयो । पञ्चायतलाई ‘सुधारिएको’ जामा लगाइयो । गाउँ तथा नगर पञ्चायतमा प्रत्यक्ष निर्वाचनको व्यवस्था गरियो, गोप्य मतदान लागू गरियो र केही हदसम्म खुकुलो संरचना बनाइयो । २०३९ मा स्थानीय निर्वाचन पनि भए ।
तर यो सुधार पूर्ण रूपमा सतही साबित भयो । पञ्च शासकहरूले सुधारलाई आफ्नो सत्तालाई थप मजबुत बनाउने ढालका रूपमा प्रयोग गरे । भ्रष्टाचार झन् बढ्यो, राजनीतिक दमन कायम रह्यो, जनताको आवाज दबाइयो । सुधारले जनताको असन्तुष्टिलाई शान्त पार्न सकेन बरु उल्टै बढायो । अन्ततः यो सुधारिएको व्यवस्था दश वर्षभन्दा बढी टिकेन । २०४६ सालको जनआन्दोलनले पञ्चायत पूर्ण रूपमा ढालिदियो र बहुदलीय प्रजातन्त्र पुनस्र्थापना भयो । सुधारिएको पञ्चायत असफल हुनुको मुख्य कारण यो थियो कि यसले मूल समस्या– निरंकुशता, भ्रष्टाचार र जनताबाट टाढा रहने नेतृत्व । सुधार केवल नामको थियो, कार्यशैली र संस्कार उस्तै रह्यो । जनताले ठूलो आशा गरे पनि निराशा मात्र पाए ।
नेपाली कांग्रेस देशकै सबैभन्दा पुरानो राजनीतिक पार्टी हो । २००७ सालको क्रान्तिदेखि लोकतन्त्र स्थापनाका लागि लड्दै आएको यो पार्टीले पटकपटक सत्ता प्राप्त गरेको छ । तर सत्तामा पुगे पनि देशलाई ठोस विकास र स्थिर निकास दिन सकेन । कांग्रेसका नेताहरू पटकपटक भ्रष्टाचारमा मुछिएका छन् । ठूला घोटाला, परिवारवाद, गुटबन्दी र सत्ताको दुरुपयोगका घटनाहरू सार्वजनिक भएका छन् । जनताले कांग्रेसलाई अब पुरानो र असफल ठान्न थालेका छन् ।
अहिले विशेष महाधिवेशनपछि गगन थापाको नेतृत्वमा कांग्रेसले नयाँ सुरुवात गरेको दाबी गरिएको छ । पुराना केही प्रभावशाली नेताहरू किनारा लागेका छन् । गगन थापाले कांग्रेस सुधारिएको छ भन्दै जनतालाई आश्वासन दिएका छन् । उनी कांग्रेस बदलेको र अब देश बदल्ने बताउँछन् । सुशासन, युवा रोजगारी, भ्रष्टाचारविरुद्ध कठोरता जस्ता एजेन्डा अघि सारेका छन् । यो सकारात्मक सन्देश हो तर इतिहास दोहोरिने खतरा छ । यदि सुधार केवल नेतृत्व फेरबदल, केही पुराना अनुहार हटाउने र नयाँ नारामा सीमित रह्यो भने यो सुधारिएको पञ्चायत जस्तै बन्न सक्छ ।
कुनै पनि व्यवस्था वा पार्टी साँच्चै सुधारिने भनेको नेता र कार्यकर्ताहरूको कार्यशैली, संस्कार र व्यवहारमा गहिरो परिवर्तन आउनु हो । कांग्रेसमा यदि गुटबन्दी, परिवारवाद र भ्रष्टाचारको पुरानो संस्कार कायम रह्यो भने नयाँ नेतृत्वले पनि उही गल्ती दोहो¥याउन सक्छ । गगन थापा युवा, ऊर्जावान् र इमानदार छविका छन् तर पार्टीभित्र पुराना प्रभाव र संरचना अझै जीवित छन् । यदि उनले साँच्चै सुधार गरेनन् भने जनताले फेरि ठूलो निराशा मात्र पाउनेछन् ।
कांग्रेसले पटकपटक सत्ता प्राप्त गरे पनि विकास र सुशासन दिन सकेन । भ्रष्टाचार, राजनीतिक अस्थिरता र गरिबी कायम रह्यो । अब सुधारिएको कांग्रेसबाट फेरि त्यही पुरानो अवस्था दोहोरिनु हुँदैन । यसका लागि कार्यशैलीमा गहिरो परिवर्तन आवश्यक छ । भ्रष्टाचारमा शून्य सहनशीलता केवल नारा नभई व्यावहारिक रूपमा लागू गर्नुपर्छ । जनतासँग प्रत्यक्ष जोडिनुपर्छ, ठूला नारा होइन कामबाट विश्वास कमाउनुपर्छ । युवा र नयाँ पुस्तालाई वास्तविक स्थान दिनुपर्छ, पुराना संस्कारलाई त्याग्नुपर्छ । सत्तामा पुगेपछि पहिलो दिनदेखि नै सुशासनको प्रमाण देखाउनुपर्छ ।
यदि कांग्रेसले इतिहासबाट सिकेन भने सुधारिएको पञ्चायत जस्तै ढलेर जान सक्छ । जनताले अब नारा र आश्वासन होइन, ठोस परिणाम खोजेका छन् । गगन थापाको नेतृत्वमा यो ठूलो अवसर छ– साँच्चै सुधार गरेर देश बदल्ने । अन्यथा इतिहास फेरि दोहोरिनेछ । कांग्रेसले यो चुनौतीलाई अवसर बनाओस् र असफलताको अर्को अध्याय नबनोस् । जनताको आशालाई साकार बनाउने जिम्मेवारी अब यस नयाँ नेतृत्वको काँधमा छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाकाे आसन्न निर्वाचनका लागि नागरिक करारपत्र सार्वजनिक

५ घण्टा अगाडि
किपू मंकाः धुकूको १२ औ बार्षिक साधारण सभा सम्पन्न (भिडियाेसहित)

किपू मंकाः धुकूको १२ औ बार्षिक साधारण सभा सम्पन्न (भिडियाेसहित)

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

मतदाता शिक्षा कार्यक्रम सुरु

यस्ताे छ पशुपतिमा पार्किङको व्यवस्था

पश्चिमी वायुको आंशिक प्रभाव

आज महाशिवरात्रि पर्व मनाउँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक