काठमाडाैं । केही दिनयता घटिरहेको सुनको मूल्य मंगलबार तोलामा ३७ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँ तोकिएको छ ।
सोमबार (माघ १९) प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो । त्यसैगरी, चाँदीको मूल्य तोलामा १३५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ३३५ रुपैयाँ कायम भएको छ ।
हिजो पाँच हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

