आइत, फाल्गुन ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अस्ट्रेलियामा ४ लाख १५ हजार स्न्यापच्याट बन्द

धारणा न्यूज by धारणा न्यूज
२ हप्ता अगाडि
0
अस्ट्रेलियामा ४ लाख १५ हजार स्न्यापच्याट बन्द
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अस्ट्रेलियामा १६ वर्षमुनिका प्रयोगकर्ताको सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानुनको कडाइसँगै स्न्यापच्याटले चार लाख १५ हजारभन्दा बढी खाता बन्द गरेको छ।

कम्पनीले जनवरीको अन्त्यसम्म साे संख्यामा खाता निलम्बन गरिएको जनाएको छ। स्न्यापच्याटका अनुसार यो कदम १० डिसेम्बर २०२५ देखि लागू भएको नाबालिग संरक्षणसम्बन्धी कानुनको पालना स्वरूप चालिएको हो।

कानुनअनुसार स्न्यापच्याट, मेटा, टिकटक र युट्युबजस्ता प्लेटफर्महरूले १६ वर्षमुनिका प्रयोगकर्ताको पहुँच रोक्नुपर्ने व्यवस्था छ। कानुन उल्लङ्घन गरेमा कम्पनीहरूलाई करिब ४९ करोड ५० लाख अस्ट्रेलियन डलरसम्म जरिवाना हुन सक्नेछ।

अस्ट्रेलियाको अनलाइन सुरक्षा नियामकले गत महिनामै विभिन्न प्रविधि कम्पनीहरूले करिब चार लाख ७० हजार खाता ब्लक गरिसकेको जानकारी दिएको थियो। स्न्यापच्याटले भने दैनिक रूपमा थप खाता बन्द भइरहेको जनाएको छ।

यद्यपि, कम्पनीले हाल प्रयोगमा रहेको उमेर प्रमाणीकरण प्रणालीमा कमजोरी रहेको दाबी गरेको छ। स्न्यापच्याटका अनुसार उमेर अनुमान प्रणालीले दुईदेखि तीन वर्षको दायरामा मात्र सही नतिजा दिन सक्ने भएकाले केही नाबालिग प्रयोगकर्ताले प्रणाली छल्न सक्ने र केही वयस्क प्रयोगकर्ताले अनावश्यक रूपमा पहुँच गुमाउने जोखिम छ।

यस समस्यालाई समाधान गर्न स्न्यापच्याटले मेटासँग मिलेर अस्ट्रेलियाली निकायलाई एप्लिकेसन स्टोरमै उमेर प्रमाणीकरण अनिवार्य गर्न आग्रह गरेको छ। कम्पनीले यसलाई प्रयोगकर्ता सुरक्षाका लागि ‘थप सुरक्षा उपाय’को रूपमा व्याख्या गरेको छ।

स्न्यापच्याटले पूर्ण प्रतिबन्धलाई उपयुक्त समाधान नमान्दै आफ्नो प्लेटफर्मलाई सामाजिक सञ्जाल प्रतिबन्धको दायरामा नराख्नुपर्ने तर्क अघि सारेको छ। कम्पनीका अनुसार स्न्यापच्याट मुख्यतः युवालाई नजिकका साथी र परिवारसँग जोड्ने माध्यम भएकाले पहुँच कटौतीले उनीहरूको सामाजिक र मानसिक सुरक्षामा नकारात्मक असर पर्न सक्छ।

यो पनि पढ्नुहोस्

ठूलो युद्धपोतलाई मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदेश

ठूलो युद्धपोतलाई मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदेश

१ दिन अगाडि
द. कोरियाका पूर्वगृहमन्त्रीलाई सात वर्ष कैद सजाय

द. कोरियाका पूर्वगृहमन्त्रीलाई सात वर्ष कैद सजाय

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

मतदाता शिक्षा कार्यक्रम सुरु

यस्ताे छ पशुपतिमा पार्किङको व्यवस्था

पश्चिमी वायुको आंशिक प्रभाव

आज महाशिवरात्रि पर्व मनाउँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक