काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा चन्द्रकला पौडेललाई तोकिएको छ । सरकारको निर्णयअनुसार उनलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो ।
हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिवका रूपमा कार्यरत पौडेललाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
निर्णयअनुसार अर्को व्यवस्था नभएसम्मका लागि पौडेलले नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको हैसियतमा कामकाज गर्नेछन् । यस नियुक्तिलाई बीमा क्षेत्रको संस्थागत नेतृत्व निरन्तरतासँग जोडेर हेरिएको छ ।


