काठमाडौं । सादोबाटो युथ क्लबले राष्ट्रिय लिगमा मनाङ मर्स्याङ्दी क्लबविरुद्ध १–० को कठिन जित निकाल्न सफल भएकाे छ ।
शुक्रबार सातदोबाटोलाई काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जित दिलाउन फोडे फोफाना निर्णाक भूमिका खेले । फोफानाले दिलाएको अग्रतालाई नै अन्तिम समयसम्म जोगाउँदै सातदोबाटोले जित निकालको हो ।
फोफानाले खेलको ६१औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । याे जितसँगै सातदोबाटोले लिगमा ४ अंक जोडेको छ । सातदोबाटोले ४ खेल खेल्दा समान एक जित, बराबरी र हारसहित यो नतिजा निकालेको हो । पराजित मनाङ भने ३ खेल खेलिसक्दा पनि अंकविहीन रहेकाे छ ।


