आइत, फाल्गुन ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

दलाल पूँजीवाद र उरेन्ठेउलो राजनीति

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
Reading Time: 1 min read
0
दलाल पूँजीवाद र उरेन्ठेउलो राजनीति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

खडग पाण्डे

फिरिङ्गी मरेको मान्छेको नली खुट्टो च्यापेर ‘टुईईईई’ गर्दै हिँडेर चुनाव जित्ने? न साइनो, न मावली, न ज्वाइँ-चेलो। यो कुनै चिया पसलको गफ होइन। न त सामाजिक सञ्जालमा उछालिएको असंयमित टिप्पणी नै हो। यो भनाइ हो देशकै ‘ठुलो’ मानिने राजनीतिक दलका सचिवको । त्यो पनि सार्वजनिक कार्यक्रममै अर्को दलका प्रधानमन्त्री पदका उम्मेदवारलाई लक्षित गरेर गरिएको टिप्पणी। लोकतान्त्रिक अभ्यासको मर्यादा, राजनीतिक शिष्टाचार र भाषिक सभ्यताको दृष्टिले हेर्दा यो अभिव्यक्ति गम्भीर रूपमा आपत्तिजनक मात्र होइन, लज्जास्पद पनि छ।

अझ बढी  लज्जा बोध गराउने यस्तै स्तरहीन र विभाजनकारी भाषा निवर्तमान प्रधानमन्त्रीबाट समेत ओकलिनु हो। कुनै अमुक जिल्लाहरुलाई “फोहोर”, “दुर्गन्धित”, “अव्यवस्थित”, “ब्याकवार्ड” भन्दै अन्ततः “गुईँठा बाल्ने खतम जिल्ला” सम्म भन्न भ्याउनु भयो। यो पटक-पटक प्रधानमन्त्री भएका राज्य सञ्चालन गरिसकेको व्यक्तिको बोली हो। सत्ता सम्हालेका, संविधानको रक्षा गर्ने कसम खाएका नेताबाट यस्तो अपमानजनक र हेपाहा प्रवृत्तिको भाषण निस्कनु आफैंमा नेपालको राजनीतिक संस्कृतिको गहिरो संकटको संकेत हो।

यस्ता अभिव्यक्तिहरूले नेपालको राजनीतिले कुन स्तरमा खस्किसकेको छ भन्ने स्पष्ट देखाउँछन्। सत्ता र पदको घमण्डमा बोलेका शब्दहरू क्षणिक ताली पाउन सक्छन् तर दीर्घकालमा यसले राजनीतिको नैतिक धरातल खिइँदै लैजान्छ। जब शीर्ष नेताहरू नै यस्तो गैरजिम्मेवार अभिव्यक्तिमा रमाउँछन् तब तल्लो तहमा कस्तो राजनीतिक संस्कार विकास हुन्छ भन्ने कुरा अनुमान गर्न गाह्रो छैन। अब प्रश्न उठ्छ- हामीलाई यस्तो राजनीति चाहिएको हो कि विचार, शिष्टता र जिम्मेवारीमा आधारित परिपक्व लोकतन्त्र?

लोकतान्त्रिक राजनीतिक अभ्यासको मूल जरो भनेको विचार, दर्शन र कार्यक्रमबीचको स्वस्थ प्रतिस्पर्धा हो। राजनीतिक दल र तिनका उम्मेदवारहरूले आफ्नो राजनीतिक दर्शन के हो, देश र जनताको हितका लागि कस्ता नीति, योजना र कार्यक्रम लागू गर्न चाहन्छन् भन्ने कुरा स्पष्ट रूपमा जनतासामु राख्नुपर्छ। मतदाताले कसलाई, किन र केका आधारमा मतदान गर्ने भन्ने निर्णय गर्ने आधार यही हुनुपर्थ्यो। तर दुःखद यथार्थ के छ भने आजको नेपाली राजनीति त्यस दिशातर्फ होइन, झन् स्खलनको बाटोतर्फ अघि बढिरहेको देखिन्छ।

यस्ता टिप्पणीहरूले व्यक्ति मात्र होइन, सिंगो भूगोल, समाज र नागरिकको आत्मसम्मानमाथि चोट पुर्‍याउँछन्। राजनीतिक प्रतिस्पर्धा नीति, विचार र कार्यक्रमको हुनुपर्नेमा गाली, व्यङ्ग्य र घृणाको भाषामा झरेपछि लोकतन्त्रको सार नै कमजोर बनेको छ।

देशको राजनीति एकातिर दलाल पूँजीवादको चङ्गुलमा फसेको छ। देशको अर्थतन्त्र उत्पादन, उद्योग र नवप्रवर्तनमा आधारित पूँजीवादतर्फ उन्मुख हुनुपर्नेमा राज्यसत्ता, नीति र पहुँचको दुरुपयोग गरेर नाफा कमाउने दलालहरूको कब्जामा पुगेको देखिन्छ। यस संरचनामा पूँजीपति स्वयं उद्यमीभन्दा बढी सत्ता र निर्णय प्रक्रियासँग टाँसिएका दलालका रूपमा क्रियाशील छन्।

दलालहरू राजनीतिक दल, नेता र राज्य संयन्त्रसँग गहिरो साँठगाँठ र गठबन्धन गर्दै आएका छन्। नेपालमा दलाल पूँजीवाद ठेक्का, आयात-निर्यात, बैंकिङ, भूमि तथा प्राकृतिक स्रोतसम्बन्धी नीतिहरू आफ्नै अनुकूल बनाउन सक्रिय रहन्छ। राजनीतिक दलहरूको चुनावी खर्च र नेताहरुको विलासी जीवन यही पूँजीबाट धानिने भएकाले दलहरू उनीहरूको प्रभावमा पर्न बाध्य हुन्छन्। यसको परिणामस्वरूप नीति निर्माण जनहितका लागि होइन, सीमित समूहको नाफाका लागि निर्देशित हुन थालेको छ। संसद्, मन्त्रालय र नियामक निकायहरू समेत दलाल पूँजीको दबाबबाट मुक्त देखिँदैनन्। यसले स्वदेशी उत्पादन, श्रम र उद्योगलाई कमजोर बनाएको छ। राजनीति सेवा होइन लगानी-प्रतिफलको माध्यमजस्तो बनेको छ। नेताहरू जनताप्रति होइन पूँजीदाताप्रति जवाफदेही बन्न पुगेका छन्।

अपरिपक्व, तुच्छ, अवसरवादी र स्तरहीन प्रवृत्तिले भरिएको उरेन्ठेउलो राजनीतिले यो देशलाई आखिर कहाँ पुर्‍याउने हो? भावनात्मक उत्तेजना सिर्जना गर्ने, भीड तान्नेमात्र उद्देश्य राख्ने यस्तो राजनीतिले हामीलाई कुन गन्तव्यतर्फ धकेल्दैछ? यो प्रश्न आज गम्भीर रूपमा उठाउनैपर्ने अवस्था आएको छ। उरेन्ठेउलो राजनीति केवल हास्यास्पद मात्र होइन दीर्घकालीन रूपमा अत्यन्त खतरनाक पनि हुन्छ।

आज धेरै राजनीतिक दल र उम्मेदवारहरू आफ्ना नीति-कार्यक्रम प्रस्तुत गर्नुभन्दा प्रतिस्पर्धी दल वा उम्मेदवारलाई तल्लो स्तरको गाली गर्ने, सत्तो-सराप गर्ने र व्यक्तिगत रूपमा होच्याउने काममा बढी केन्द्रित देखिन्छन्। राजनीतिक बहस विचार र समाधानमा केन्द्रित हुनुपर्नेमा चरित्रहत्या, व्यङ्ग्य र अपमानजनक भाषामा सीमित भएको छ। यसले न त जनताको समस्या समाधान गर्छ न त लोकतान्त्रिक संस्कारलाई नै मजबुत बनाउँछ।

अझ गम्भीर पक्ष त के हो भने कतिपय नेताहरू आफूलाई आलोचनाभन्दा माथि राख्दै अलौकिक शक्ति भएको देवताजस्तै प्रस्तुत गर्ने प्रवृत्तिमा देखिन्छन्। यस्तो प्रब्रितीको राजनीतिले जनतालाई विवेकशील, सचेत र प्रश्न गर्न सक्ने नागरिकका रूपमा होइन, अन्धभक्त भीडका रूपमा रूपान्तरण गर्छ। जब राजनीति भावनाको उचाइमा मात्र खेलिन्छ तब तथ्य अध्ययन र तर्कको स्थान नाराबाजीले लिन्छ। गम्भीर नीति, योजना र समाधानमाथि हुने बहस ओझेलमा पर्छ र त्यसको सट्टा हल्ला, अफवाह र भ्रामक प्रचारले प्राथमिकता पाउन थाल्छ। यस्तो प्रवृत्तिले राजनीतिक उत्तरदायित्वभन्दा अन्धभक्तिको संस्कारलाई बढावा दिन्छ। जब नेता प्रश्न गर्न नपाइने देवता बन्न खोज्छ तब लोकतन्त्र स्वतः कमजोर बन्छ, किनकि लोकतन्त्रको सुन्दरता नै प्रश्न आलोचना र जवाफदेहितामा निहित हुन्छ।

यस प्रक्रियामा देश र जनताप्रतिको जवाफदेहिता र आलोचनाको संस्कार क्रमशः नष्ट हुँदै जान्छ। नेताहरू प्रश्नभन्दा माथि राखिन्छन्। गल्ती स्वीकार्नु कमजोरी ठानिन्छ। आलोचकलाई शत्रुका रूपमा चित्रित गरिन्छ। अन्ततः राज्य सञ्चालन कुनै जिम्मेवार प्रणालीजस्तो होइन, प्रयोगशालाजस्तो बन्छ, जहाँ असफल प्रयोगहरूको मूल्य सधैँ जनताले नै चुकाउन बाध्य हुन्छन्। यही कारण उरेन्ठेउलो राजनीतिबाट सचेत रूपमा टाढा रहनु आजको ऐतिहासिक आवश्यकता बनेको छ।

यस प्रकारको स्खलित राजनीतिले जनतालाई सचेत नागरिक होइन भावनात्मक भीडमा रूपान्तरण गर्छ। दीर्घकालमा यसले राजनीतिक प्रणालीप्रतिको विश्वास घटाउँछ र लोकतान्त्रिक मूल्यहरूको क्षय गराउँछ। त्यसैले अब आवश्यक छ, गाली र घृणाको राजनीति त्यागेर नीति, दर्शन र कार्यक्रमको राजनीतितर्फ फर्कनु। राजनीतिक दल र उम्मेदवारहरूले बुझ्नैपर्छ कि लोकतन्त्र देवताको होइन विवेकशील नागरिकको शासन प्रणाली हो।

राजनीति भाषण चटपटे बेच्ने कला जस्तै हुनु आफैंमा दुर्भाग्य हो। जब राज्यको भविष्य, जनताको जीवन र राष्ट्रको दिशाजस्ता गम्भीर विषयहरू रंगीन शब्द, उत्तेजक नाराहरू र क्षणिक तालीको खोजीमा रूपान्तरण हुन्छन्, तब राजनीति आफ्नो मौलिक उद्देश्यबाट चिप्लिन्छ। नीति, विचार र जिम्मेवारीको ठाउँमा भाषणको स्वाद मात्र बाँडिन थाल्यो भने राजनीति मनोरञ्जन बन्छ, समाधान होइन।

आज धेरै राजनीतिक दलका नेता चटकेझैँ मञ्चमा उत्रिन्छन्। उनीहरू गम्भीर बहसको सट्टा जोक, गाली, उत्तेजना र भावुक नाटकमार्फत भीड तान्न खोज्छन्। नेता जनतालाई मार्गदर्शन गर्ने पात्र हुनुपर्नेमा भीडलाई रमाइलो गराउने कलाकारजस्तो प्रस्तुत हुन थालेपछि त्यो राजनीतिक परिपक्वताको होइन, गहिरो असफलताको संकेत हो। चटकेले ताली त बटुल्छ, तर समाज बनाउँदैन; ठीक त्यसैगरी चटके राजनीति लोकप्रिय त हुन सक्छ, तर देश निर्माण गर्न असक्षम हुन्छ।

यस प्रक्रियामा सबैभन्दा दुःखद पक्ष भनेको जनताको भूमिकामा आएको ह्रास हो। जनता विवेकशील नागरिक भएर प्रश्न गर्ने, मूल्यांकन गर्ने र जिम्मेवार बनाउने शक्ति हुनुपर्नेमा भीडको पात्र बन्न थालेका छन्। नेताको भाषणमा ताली बजाउने, नारामा बग्ने र आलोचनालाई शत्रुताको रूपमा लिने प्रवृत्तिले लोकतन्त्रलाई खोक्रो बनाउँछ। विवेक गुमाएर नेताको पछि लाग्नु कमजोरी मात्र होइन, आफ्नै भविष्यप्रति गरिएको अन्याय हो।

लोकतन्त्र भीडको शासन होइन, विवेकको शासन हो। राजनीति चटपटे बेच्ने कला होइन, समाजको दिशा तय गर्ने गम्भीर जिम्मेवारी हो। नेताले चटके हुन छाडेर चिन्तक र सेवक बन्नुपर्छ र जनताले भीड हुन छाडेर सचेत नागरिक बन्नुपर्छ। यही रूपान्तरण बिना राजनीति केवल मञ्चीय तमासा मात्र रहनेछ र देश त्यो तमासाको स्थायी पीडित।

आजको नेपाली राजनीति दुई खतरनाक धारमा फसेको छ, एकातिर दलाल पूँजीवादको संरचनात्मक नियन्त्रण र अर्कोतिर उरेन्ठेउलो, चटके र भीडमुखी राजनीतिक संस्कार। दलाल पूँजीले नीति, सत्ता र संस्थालाई आफ्नो नाफाको औजार बनाइरहेको छ भने उरेन्ठेउलो राजनीतिले विचार, मर्यादा र जिम्मेवारीलाई विस्थापित गर्दै लोकतन्त्रलाई तमासामा झारिरहेको छ। यी दुवै प्रवृत्तिले मिलेर जनतालाई सचेत नागरिक होइन, प्रयोग हुने भीडमा रूपान्तरण गरेका छन्। यदि यही बाटो निरन्तर रहिरह्यो भने लोकतन्त्रको नाम मात्र बाँकी रहनेछ, यसको मर्म हराउनेछ।

त्यसैले अब समय आएको छ- दलाल पूँजीवादको चङ्गुल तोड्ने, उरेन्ठेउलो राजनीतिलाई अस्वीकार गर्ने र विचार, नीति, शिष्टता तथा जवाफदेहितामा आधारित परिपक्व लोकतान्त्रिक राजनीतितर्फ सचेत रूपमा मोडिने। देश बचाउने अन्तिम शक्ति न त देवता बनेका नेता हुन्, न त चटके भाषण; त्यो शक्ति विवेकशील, प्रश्न गर्ने र जिम्मेवार नागरिकमै निहित छ। यही जिम्मेवारी निर्वाचनमार्फत मतद्वारा प्रकट गर्नुपर्छ। चटके, ढोंगी र उरेन्ठेउलो प्रवृत्तिका राजनीतिज्ञलाई लोकतान्त्रिक रूपमा ठेगान लगाउनुपर्छ। अब निर्णय नागरिकको विवेकमा छ।

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाकाे आसन्न निर्वाचनका लागि नागरिक करारपत्र सार्वजनिक

५ घण्टा अगाडि
किपू मंकाः धुकूको १२ औ बार्षिक साधारण सभा सम्पन्न (भिडियाेसहित)

किपू मंकाः धुकूको १२ औ बार्षिक साधारण सभा सम्पन्न (भिडियाेसहित)

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

मतदाता शिक्षा कार्यक्रम सुरु

यस्ताे छ पशुपतिमा पार्किङको व्यवस्था

पश्चिमी वायुको आंशिक प्रभाव

आज महाशिवरात्रि पर्व मनाउँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक