सोम, माघ २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

१२ वर्षपछि आफ्नै चिह्नमा मत खसाल्दै म्याग्दी नेकपाका मतदाता

धारणा न्यूज by धारणा न्यूज
२ हप्ता अगाडि
Reading Time: 1 min read
0
१२ वर्षपछि आफ्नै चिह्नमा मत खसाल्दै म्याग्दी नेकपाका मतदाता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सन्तोष गौतम

म्याग्दी । नेपाली कम्युनिस्ट पार्टी (तत्कालीन माओवादी केन्द्र) म्याग्दीका मतदाताले १२ वर्षपछि प्रतिनिधिसभा निर्वाचनमा आफ्नै चिह्नमा मत खसाल्दै छन् । यो दलले २०७४ मा एमाले र २०७९ मा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाएको थियो ।

तत्कालीन नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी लगायतका दल मिलेर अहिले नेपाली कम्युनिस्ट पार्टी निर्माण भएको छ । माओवादी केन्द्रबाट नेकपा बनेपछि हुन लागेको निर्वाचनमा भने यो पार्टीले आफ्नै उम्मेदवारलाई मैदानमा उतारेको छ ।

यसअघिका दुई निर्वाचनमा एमाले र कांग्रेससँगै पालैपालो गठबन्धन गरेको नेकपाले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा धौलागिरि गाउँपालिका–२ का अर्जुन थापालाई उम्मेदवार बनाएर एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको हो ।

नेकपाले २०७४ मा म्याग्दीको प्रदेशसभा १ (क) विनोद केसीलाई उम्मेदवार बनाएर प्रतिनिधिसभामा एमालेका भुपेन्द्रबहादुर थापालाई सघाएको थियो । २०७९ मा नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर)लाई सघाएको नेकपाबाट प्रदेश १(क) मा हरिबहादुर भण्डारी र १ (ख) मा रेशमबहादुर जुग्जालीलाई जिताएको थियो ।

विगतका सहकर्मी दलसँग एकल प्रतिस्पर्धा

दोस्रो संविधानसभा निर्वाचनमा एमालेका नवराज शर्मा विजयी हुँदा कांग्रेसका खमबहादुर गर्बुजा दोस्रो र तत्कालीन माओवादीका विष्ट तेस्रो भएका थिए । यसपालि कांग्रेसले जिल्ला उपसभापति कर्णबहादुर भण्डारी (केबी) र एमालेले दुई पटक जिल्ला कमिटीको अध्यक्ष, एक कार्यकाल प्रदेश सचिवालय सदस्य र हाल केन्द्रीय सदस्य रहेका हरिकृष्ण श्रेष्ठलाई चुनावी मैदानमा उतारेको छ ।

विगतका चुनावमा एमाले र कांग्रेस प्रतिस्पर्धी हुँदा जितहारमा निर्णायक भएको दाबी गर्ने नेकपाका लागि विगतका सहयात्रीहरूसँग मात्र नभएर अन्तरिम सरकारको शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बनेका महावीर पुनको पनि सामना गर्नुपर्ने चुनौती छ । महावीरलाई रास्वपाका युवराज रोकाले सर्मथन गरेका छन् ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी)ले द्वन्द्वकालमा भूमिगत राजनीति गरेका म्याग्दी बहुमुखी क्याम्पसका पूर्वस्ववियु सभापति क्षेत्रबहादुर घिमिरे (ध्रुव) लाई उम्मेदवार बनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का डम्मरबहादुर सुवेदी, प्रगतिशील लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा, मंगोल नेसनल अर्गनाइजेसनका भीमबहादुर लामा र नेसनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा उम्मेदवार बनेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक वटा निर्वाचन क्षेत्र र ६ वटा स्थानीय तह रहेको म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता छन् । ८२ वटा मतदानस्थल र १२० वटा मतदान केन्द्र रहेका जिल्ला निर्वाचन अधिकारी विमल गौतमले बताए ।

नेकपाका नेताको दाबी 

नेकपा म्याग्दीका निर्वाचन परिचालन समिति संयोजक तथा गण्डकी प्रदेश सांसद रेशमबहादुर जुग्जाली युवा उम्मेदवार, प्रचण्ड नेतृत्वको सरकारले शुसासनका पक्षमा खेलेको भूमिका, जिल्लाको विकासमा आफूहरूले गरेको काम र एकीकृत समाजवादीसँगको एकता नै जितको आधार भएको दाबी गर्छन् ।

‘राष्ट्रिय राजनीति होस् वा जिल्लाको विकासमा हाम्रो भूमिकाले कार्यकर्ताहरू उच्च मनोबलका साथ जनतासँग भोट माग्ने आधार तयार गरेको छ । भदौ २३ को जेनजी आन्दोलनमा दमन गर्ने र २४ गते विध्वंश मच्चाउनेलाई जनताले चिनेका छन्,’ जुग्जालीको दाबी छ ।

२०७० सालको विभाजनपछि हालै नेकपामा आवद्ध भएका संविधानसभा सदस्य गमबहादुर श्रीसले पूर्व माओवादीहरू केन्द्रित भएको म्याग्दीमा नेकपाले १२ वर्षपछि आफ्नै उम्मेदवार बनाउँदा कार्यकर्तामा आत्मबल बढेको, शुभचिन्तक र मतदाताहरू उत्साहित भएकोले परिणाम आफ्नो पक्षमा आउने बताए ।

२०७९ मा एमालेले १८ हजार २७३, नेपाली कांग्रेसले १३ हजार ६९३, तत्कालीन माओवादी केन्द्रले ९ हजार ७०, रास्वपाले तीन हजार ५७९, राप्रपाले एक हजार २५३ र एकीकृत समाजवादीले २८५ प्राप्त गरेका थिए ।

को हुन् अर्जुन थापा ?

धौलागिरि गाउँपालिका–७ शिवाङमा रहेको हेम (नमुना आवासीय) माविमा २०५६ मा अनेरास्ववीयु क्रान्तिकारीको प्रारम्भिक समिति अध्यक्ष बनेर राजनीतिक यात्रा सुरु गरेका नेकपा उम्मेदवार थापा नेकपाको विशेष प्रदेश समन्वय समितिको सचिवालय सदस्य हुन् । आरआर क्याम्पस र भक्तपुरमा अखिल क्रान्तिकारीको नेतृत्व गरेका थापाले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । प्रतिस्पर्धी उम्मेदवारको तुलनामा थापा कम उमेरका हुन् ।

थापाको नेतृत्वमा काठमाडौंमा स्वतन्त्र रक्तदाता समूहले बिरामीलाई नि:शुल्क रगतको व्यवस्था मिलाउँदै आएको छ । ५२ पटक रक्तदान गरेका थापा आफ्नो समूहले १० हजार जनाभन्दा बढी बिरामीलाई उपचारका लागि नि:शुल्क रगतको व्यवस्था मिलाएको बताउँछन् ।

भ्रष्टाचार र बेथितिका विरुद्ध काठमाडौंमा विभिन्न अभियानको अगुवा गरेका थापाले वैदेशिक रोजगारीको क्रममा ठगिएका पीडितहरूको पक्षमा पैरवी गर्दै आएका छन् ।

बुवा र आमाको नामबाट चन्द्रलोक शैक्षिक कोष स्थापना गरेर धौलागिरि गाउँपालिकाका–११ का वटा माध्यमिक विद्यालयमा पछिल्लो तीन वर्षयता विपन्न, गरिब र जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै आएका छन् ।

उम्मेदवारका मुद्दा

यो पनि पढ्नुहोस्

दुर्गा प्रसाईं रिहा

दुर्गा प्रसाईं रिहा

८ घण्टा अगाडि
नेपाललाई इंग्ल्यान्डविरुद्ध चौथो सफलता मिल्याे

नेपाललाई इंग्ल्यान्डविरुद्ध चौथो सफलता मिल्याे

१२ घण्टा अगाडि

नेकपा उम्मेदवार थापाले संसद्मा युवा पुस्ताको मागअनुसार नीति निर्माणका लागि आवाज उठाउन म्याग्दीबाट सशक्त उपस्थिति देखाउने र विकास निर्माणका लागि सरकारसँग पहुँच स्थापित तथा स्थानीय स्तरमा समन्वयको मुद्दालाई अघि सारेका छन् ।

‘संसद्मा म्याग्दी पनि छ है भन्ने भन्ने देखियोस्, सरकारमा रहँदा पहुँच, सम्बन्ध बनाएर अथवा समन्वय गरेर बजेट र योजना ल्याउन तथा जिल्लाबासीको दु:खमा साथै रहने जनप्रतिनिधि यहाँका जनताको चाहना भएको मेरो बुझाइ छ,’ थापा भन्छन् । अनलाइन खबर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाललाई इंग्ल्यान्डले दियो १८५ रनको लक्ष्य

मिस्ट्री स्पीनर शेर मल्ल विश्वकप क्रिकेटबाटै राष्ट्रिय टिममा डेब्यू

यस्ताे छ आजकाे माैसम

फागुन २१ का लागि कांग्रेसले कार्यकर्तालाई खटाउने निर्णय

झापा २ राष्ट्रिय राजनीतिमा चासोको केन्द्र

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक