शनि, फाल्गुन २, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

यो चुनावमा पनि पुराना दल र रास्वपा आए देश थप अस्थिर बन्छः वक्ताहरु

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
0
यो चुनावमा पनि पुराना दल र रास्वपा आए देश थप अस्थिर बन्छः वक्ताहरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । रवि–बालेनबाट देश खतरामा पर्ने र काँग्रेस–एमाले दोहोरिए जनता थप लुटिने वक्ताहरुले जिकिर गरेका छन् । आइतबार राजधानीको संवाद डबलीमा चुनाव सन्दर्भ कार्यक्रममा बोल्ने उम्मेदवारहरुले मोबाईल चिन्हमा भोट हाल्न अपिल समेत गरेका छन् ।

आम जनता पार्टीका सहअध्यक्ष तिलक थापामगरले एमाले–काँग्रेस पुरानै दोहोरिए भ्रष्टाचार मौलाउने र रबि–बालेन आए देशको राष्ट्रिय स्वाधिनता धरापमा पार्ने दाबी गरेका छन् । संविधान सभा सदस्य समेत रहेका थापमगरले काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएकोले आफ्नो मोबाइल चिन्हमा भोट हाल्न अपिल गरेका छन् । थापामगरले जेनजी विद्रोहको भावना विपरित सहकारी ठगि प्रकरणमा मुछिएका रवि लामिछानेलाई छुटाउने कार्यले कानूनी राज्यको धज्जी उडाएको कार्की सरकार पूर्ण असफल भइसकेको पनि बताए ।

धादिङ क्षेत्र नम्बर २ बाट उम्मेदवार उठेका डा.नन्द प्रसाद काप्रीले प्रधानमन्त्री सुशिला कार्की पूर्णरुपले असफल भएको दाबी गरेका छन् ।
अन्तराष्ट्रिय शक्तिहरुले नेपालमा कम्फर्टेबल सरकार खोजिरहेका र युक्रेन बनाउने खतरा रहेकोप्रति चिन्ता व्यक्त गरे । “जेलेन्स्की अमेरिकाको मतियार बन्दा रुसले युक्रनमाथि आक्रमण गरेर खतम गरेको छ, त्यही अवस्था तिर नेपाल गएको छ, जनता सचेत रहनुपर्छ” काप्रीले भने ।

चुनाव लोकतन्त्रको सुनदरता भएकोले आफूहरु पनि मोबाईल चिन्ह लिएर निर्वाचनमा होमिएको र जनताले विदेशीहरुको योजनालाई विफल पार्न देशभक्तहरुलाई भोट हाल्न अपिल गरे ।

उनले फागुन २१ गते चुनाव भइहाले भने पनि पुन भागभण्डाको राजनीति नसकिने बताउँदै पुन आन्दोलनमा होमिनुपर्ने बाध्यता हरने जिकिर गरे ।
नक्कली जेन्जीहरु सत्ता केन्द्रीत र चुनाव केन्द्रीत भएको तथा सक्कली जेनजीहरु माइतिघरमण्डलामा आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए ।
काठमाडौं क्षेत्र नम्बर ६ की उम्मेदवर सफलता बोगटीले देशले परिवर्तन चाहेकोले पुरना पार्टीहरुका उम्मेदवारबाट केही नहुने बताउँदै आफूलाई मत हाल्न अपिल गरिन् । मोबाईल चिन्हमा भोट हालेर आफूलाई जिताए शिक्षा, स्वास्थ्य तथा रोजगारलगायतमा सहजता ल्याउने प्रतिबद्धता जनाईन् । त्यसैगरी ६ नम्बर क्षेत्र टोखा, झोर, महाङकाललगायत क्षत्रेका पूर्वाधार विकास, संस्कृतिक, धार्मीक तथा पर्यटकिय क्षेत्रको प्रवद्धर्न गर्ने पनि बताईन् ।

आम सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघका अध्यक्ष कालबहादुर विकले बालेन मेयर भइसकेपछि आमसुकुम्बासीहरु घरबार विहिन बनाएकोले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्नु पर्ने धारणा राखे । ६० लाख दलितको हकहितको निम्ति लड्दै आएको आम जनता पार्टीलाई अत्याधिक मत दिन विकले अपिल गरे ।

यो पनि पढ्नुहोस्

५२ आयोजनाको ठेक्का तोड्ने तयारी

यी २० निर्माण कम्पनी कालोसूचीमा

२ घण्टा अगाडि
अहिलेको निर्वाचनमा भोट दिने बिपक्षमा

अहिलेको निर्वाचनमा भोट दिने बिपक्षमा

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन डे’

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कर्णालीका १० जिल्लामा मतपत्र पठाउन थाल्याे

ठूलो युद्धपोतलाई मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदेश

सुमित्राकाे टाेलीले स्वर्ण जितेर इतिहास रच्याे

दुईदेशीय सम्झौताहरूले कानुन सरहको मान्यता पाउन नसक्ने व्याख्या

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक