शनि, माघ २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एनआरएन नागरिकताको कार्यान्वयन सहज बनाउन माग

धारणा न्यूज by धारणा न्यूज
२ हप्ता अगाडि
Reading Time: 1 min read
0
एनआरएन नागरिकताको कार्यान्वयन सहज बनाउन माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लन्डन – गैर आवासीय नेपाली संघ (एनआरएनए आइसिसी) का पूर्व अध्यक्ष कुल आचार्यले एनआरएन नागरिकताको कार्यान्वयन तथा एनआरएन  कार्ड वितरण प्रक्रिया  सहज बनाउन माग गर्दै प्रधानमन्त्री सुशीला कार्कीलाई एक ज्ञापन पत्र पठाएका छन्।

लन्डनस्थित नेपाली दूतावासमार्फत पठाइएको उक्त ज्ञापन पत्रमा आचार्यले  नेपालको संविधान २०७२ ले संसारभरि फैलिएका गैर आवासीय नेपालीहरूको योगदानको कदर गर्दै गैर आवासीय नेपाली (एनआरएन) नागरिकताको व्यवस्था गरेको तर एनआरएन नागरिकता वितरण भई सकेर झन्डै अढाई वर्ष हुँदा पनि कानुन बन्न नसकेकाले उक्त  नागरिकताको अझै कार्यान्वयन हुन नसकेको बताए । “मालपोतले पनि नचिन्ने, अध्यागमनले पनि नचिन्ने उक्त नागरिकता कागजको खोस्टो बन्न पुगेको छ।   यसबाट नेपालले प्रति दिन ठुलो नोक्सानी व्यहोर्नु परिरहेको छ,” उनले भने।

उनले  नेपाल सरकारले प्रदान गर्दै आएको  गैर आवासीय नेपाली परिचयपत्र  (एनआरएन कार्ड) को वितरण प्रक्रियालाई सहज गर्नु पर्नेमा  परराष्ट्र मन्त्रालयको हालैको निर्देशन पछि उक्त प्रक्रिया  थप झन्झटिलो बनेको पनि उल्लेख गरेका छन् ।

“विदेशस्थित नेपाली दूतावासहरूबाट एनआरएन कार्ड बनाउन आवेदन दिँदा नेपाली नागरिकता त्यागेको प्रमाण पेस गर्नु पर्ने लगायतका बाध्यकारी प्रावधानहरूले उक्त प्रक्रिया विगतको तुलनामा निकै जटिल बन्न पुगेको छ।  विगतमा मैले सजिलैसँग  एनआरएन कार्ड लिएको र  २८ असोज  २०८० मा  एनआरएन नागरिकता प्राप्त गर्ने पहिलो व्यक्ति भएकाले पनि यो झन्झटिलो प्रक्रिया अन्त्य गरी सहज बनाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिनु हुन विनम्र अनुरोध गर्दछु। मुलुक निर्वाचनमा होमिएको बेला एनआरएन नागरिकता र  एनआरएन कार्ड प्रदान गर्ने व्यवस्था सहज बनाइ दिनु भएमा यसले संसारभरि रहेका  गैर आवासीय नेपाली समुदायमा  अत्यन्तै सकारात्मक सन्देश दिने ब्यहोरा अनुरोध गर्दछु,” आचार्यले ज्ञापन पत्रमा भनेका छन्।

“हाम्रा छिमेकी अन्य दक्षिण एसियाली मुलुकहरूले आफ्नो डायस्पोरालाई एउटा श्रोतको रूपमा हेर्ने गरेका छन्।  ती मुलुकहरूको डायस्पोरासम्बन्धी नीतिको पनि अध्ययन गरी नेपालको नीति परिमार्जन गर्न आवश्यक भई सकेको छ।  त्यसैले महाभूकम्प जाँदा होस् वा कोभिड महामारीको बेला मातृभूमिको सेवामा सधैँ तत्पर लाखौँ  गैर आवासीय नेपाली समुदायका लागि संविधान प्रदत्त गैर आवासीय नेपाली (एनआरएन) नागरिकताको शीघ्र कार्यान्वयन  तथा  एनआरएन कार्ड बनाउने प्रक्रिया सहज बनाएर  नेपालसँग जोडिने अवसर दिनु हुन पनि आग्रह गर्दछु,” परराष्ट्र मन्त्री बालानन्द शर्मालाई बोधार्थ दिइएको उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

शुक्रवार  लन्डनस्थित नेपाली दूतावासमा ज्ञापन पत्र बुझ्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले उक्त ज्ञापन पत्र जति सक्दो चाँडो नेपाल सरकार समक्ष पठाउने बताए। उनले नेपाल र नेपाली जनताको हितमा एनआरएन समुदायले पुराउँदै आएको सहयोगका लागि धन्यवाद पनि दिए।

विज्ञप्ति जस्ताको तस्तै:

Gyapanpatra

यो पनि पढ्नुहोस्

फागुन पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने तयारी

फागुन पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने तयारी

११ घण्टा अगाडि
बहुमत ललितपुर इन्चार्ज सिलवाल कांग्रेशमा प्रवेश

बहुमत ललितपुर इन्चार्ज सिलवाल कांग्रेशमा प्रवेश

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बहुमत ललितपुर इन्चार्ज सिलवाल कांग्रेशमा प्रवेश

COVID-19 50 people recovered

गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस

सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

७३० राउण्ड गोलीसहित ८ जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक