मङ्ल, फाल्गुन ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

काठमाडौं -१ बाट सफल पाण्डे चुनावी प्रतिष्पर्धामा

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
Reading Time: 1 min read
0
काठमाडौं -१ बाट सफल पाण्डे चुनावी प्रतिष्पर्धामा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा चुनाव नजिकिँदै जाँदा देशभर चुनावी चहलपहल तीव्र बनेको छ। यस निर्वाचनमा प्रत्यक्षतर्फ ३ हजार ४९० उम्मेदवार मैदानमा उत्रिएका छन्।

यसपटक पहिलो पटक निर्वाचन आयोगमा दल दर्ता गरेरै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उम्मेदवारहरू पनि सङ्गठित रूपमा चुनावी मैदानमा उत्रिँदै मतदाताको घरदैलोमा पुग्न थालेका छन्।

मानवअधिकार, समान अवसर र सबै नागरिकको सम्मान सुनिश्चित गर्न लामो समयदेखि सक्रिय सामाजिक अभियन्ता सुरेन्द्र पाण्डे काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा होमिएका छन्।

पाण्डे समावेशी समाजवादी पार्टीका तर्फबाट उम्मेदवार बनेका हुन् र उनले श्रीवत्स चुनाव चिन्हमा मतदान गर्न आम मतदातासमक्ष आग्रह गरेका छन्।

पाण्डे नेपालको इतिहासमा पहिलो पटक समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्न सफल व्यक्ति हुन्। दक्षिण एसियामै उदाहरणीय मानिने उक्त ऐतिहासिक उपलब्धि उनले तीव्र सामाजिक विरोध, दबाब र चुनौतीका बाबजुद हासिल गरेका थिए।

यही यथार्थता बोकेका पाण्डे अहिले प्रत्यक्ष राजनीतिमा प्रवेश गर्दै संसदमार्फत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका साथै सबै नागरिकका अधिकार सुनिश्चित गर्न उम्मेदवार बनेको बताउँछन्।

पहिलो पटक नै प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेको बताउँदै पाण्डेले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरू अहिलेसम्म सक्रिय राजनीतिमा नहोमिएको अवस्थामा आफैँ उम्मेदवार बन्न पाउँदा खुसी लागेको बताए। “काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ विभिन्न दलको हस्तक्षेप र गुट–उपगुट रहेको क्षेत्र हो,” उनले भने, “त्यसलाई पनि चिरफार गर्नुपर्छ भनेर उम्मेदवारी दिएको हुँ। यसपालि कतै नहेरीकन श्रीवत्स चिन्हमा मतदान गरेर आफ्नो मत सही ठाउँमा सदुपयोग गर्नुहुन्छ भन्ने अपेक्षा गरेको छु।”

देशको राजधानी काठमाडौँको क्षेत्र नम्बर १ मा पहिलेदेखि नै राजनीतिक दलहरूको बलियो हस्तक्षेप रहने गरेको उनको अनुभव छ। धेरै राजनीतिक दलहरूको आँखा गाडिएको क्षेत्र भएकाले चुनौती अवश्य रहेको स्वीकार गर्दै पाण्डेले भने, “सबै जनतामाझ जानुपर्छ, हामी पनि भिज्नुपर्छ, हामी पनि चिनिनुपर्छ। चुनौती भए पनि मलाई खासै गाह्रो लाग्दैन।”

आम मतदातालाई बुझाउन सके जुनसुकै चुनौती पनि चिर्न सकिने विश्वास उनले व्यक्त गरे। “लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका लागि आवश्यक कानुनहरू बनेका छैनन्,” उनले भने, “संसदमा पुग्नेहरूले हाम्रा लागि कानुन नबनाएकै कारण उम्मेदवार बन्न प्रेरित भएको हुँ। हाम्रा लागि कोही बोल्दिने रहेनछ, त्यसैले आफैँ बोल्न अग्रसर हुनुपर्छ भनेर अगाडि बढेको हुँ।”

समलिङ्गी विवाह दर्ता गराउँदा जस्तै अहिले पनि विरोध गर्नेहरू चुनावमा प्रतिद्वन्द्वीका रूपमा उम्मेदवार बनेको जानकारी आफूलाई भएको पाण्डेले बताए। विवाह दर्ता हुनुअघि पनि तीव्र विरोध भएको स्मरण गर्दै उनले भने, “त्यत्रो विरोधका बाबजुद विवाह दर्ता सफल भयो। हरेक चुनौती सामना गर्नकै लागि अभियन्ता बनेको हुँ। यस्ता चुनौतीहरू आइरहन्छन्।”

समलिङ्गी विवाहको विरोध गर्नेहरू चुनावी प्रतिद्वन्द्वी भएर आएको विषयमा प्रतिक्रिया दिँदै पाण्डेले भने, “मलाई भन्दा उहाँहरूलाई नै असर पर्छ। एउटा मानवले अर्को मानवसँग गरेको प्रेमको विरोध गर्नेहरूले चुनाव जितेर जनताको के सेवा गर्नुहुन्छ भन्ने प्रश्न उहाँहरूतर्फै जान्छ। त्यसले मलाई होइन, उहाँहरूलाई नै असर गर्छ।”

आम मतदाता स्वविवेक प्रयोग गर्न स्वतन्त्र रहेको उल्लेख गर्दै उनले विगतमा पुराना दलहरूलाई मत दिएर संसदसम्म पुर्‍याउँदा के उपलब्धि भयो भन्ने प्रश्न उठाउनुपर्ने बताए। “यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबाट सुनिलबाबु पन्त एक पटक सांसद भएपछि अहिलेसम्म कुनै पनि व्यक्ति संसदमा पुग्न सकेका छैनन्,” उनले भने, “संविधानमा लेखिएका अधिकारहरू पूर्ण रूपमा कार्यान्वयन भएका छैनन्, कानुन बनेका छैनन्। यत्रो वर्ष जितेर जानेहरूले हाम्रा लागि कानुन नै नबनाएपछि अब हामीले के आशा गर्ने? त्यसैले अब आफैँ जानुपर्छ भन्ने लाग्यो।”

पाण्डेले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि मात्र नभई काठमाडौँ क्षेत्र नम्बर १ का आम नागरिकका लागि पनि काम गर्ने प्रतिबद्धता जनाए। “विभिन्न ठाउँमा गर्नुपर्ने कामहरू धेरै छन्,” उनले भने, “पहिलाकाले केही काम गरेर जानु भएको छ भने अझै धेरै काम गर्न बाँकी छ। म मुख्य–मुख्य विषयमा फोकस गरेर काम गर्नेछु।”

पार्टीको मुख्य प्राथमिकतामा प्रकृति र वातावरण संरक्षण रहेको उनले बताए। “वनजंगलदेखि धुवाँ–धुलो, वायुप्रदूषण नियन्त्रणसम्म प्रकृतिलाई माया गर्नुपर्छ,” उनले भने, “हामी वातावरणलाई माया गर्न राजनीतिमा केन्द्रित छौँ।”

वडा तहबाटै सबै सेवा उपलब्ध हुने व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता पनि उनले जनाए। सिंहदरबार धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै आवश्यक कानुन निर्माण गर्ने लक्ष्य रहेको बताउँदै उनले भने, “वडामै न्याय नपाए सिंहदरबार, सिंहदरबारमा नभए अदालत धाउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ। वडामै सिंहदरबार भन्ने अवधारणालाई व्यवहारमा उतार्न कानुन आवश्यक छ।”

उनले यो पटक श्रीवत्स चुनाव चिन्हमा मतदान गर्न पुनः आम मतदातासमक्ष अनुरोध गरेका छन्। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट चुनावी प्रतिस्पर्धामा पाण्डेसँगै १६ जना दलीय उम्मेदवार रहेका छन् भने १३ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

यो पनि पढ्नुहोस्

विप्लवले पक्राउ पुर्जीविरुद्ध आन्दोलन गरे घोषणा

अमेरिकी सेनालाई परेडमा सहभागी गराएको भन्दै विरोध

१४ घण्टा अगाडि
देशको आसन, भाषण र शासनमा सुधार गर्ने

देशको आसन, भाषण र शासनमा सुधार गर्ने

२० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अमेरिकी सेनालाई परेडमा सहभागी गराएको भन्दै विरोध

जनप्रतिनिधित्वमा चुनौतीपूर्ण पक्षहरूका विषयमा स्पष्टता दिन आवश्यक

देशको आसन, भाषण र शासनमा सुधार गर्ने

पश्चिमी वायुको आंशिक प्रभाव

Nepal-Pakistan Cricket Tournament 2026

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक