काठमाडौं । आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत दोस्रो खेलमा घरेलु टोली नेपालले नेदरल्यान्ड्सबाट जितका लागि १४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४० रन बनायो।
नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लिडेले ४९ रनको योगदान दिँदा स्टेरी क्यालिसले ३० रन बनाइन्। त्यस्तै, रोबिन राइज्केले १९ रनको अविजित इनिङ खेलिन् भने उनलाई आरिस ज्वालिङले १४ रनमा अविजित साथ दिइन्।
नेपालका लागि सोमु विष्ट, पूजा महतो र रिया शर्माले समान १–१ विकेट लिए भने रुबिना क्षेत्रीले २ विकेट हात पारिन्।
नेपाल केही समयपछि जवाफी ब्याटिङका लागि मैदान उत्रनेछ।


