मङ्ल, फाल्गुन ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

देशको दुश्मन भ्रष्टाचार हटाउने प्रतिबद्धता आवश्यक

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

देशमा फागुन २१ मा हुने चुनावी माहोलको रौनक छ । नयाँ–पुराना दल चुनावमा होमिएका छन् । दलहरुले आफ्ना घोषणापत्र भने सार्वजनिक गर्न बाँकी नै छ । गत भदौमा भएको जेनजी विद्रोहका कारण अहिले देशमा चुनाव हुन लागेको हो । जेनजी विद्रोह हुनुको कारण भने देशमा व्याप्त चरम भ्रष्टाचार हो । पुराना दलका नेतृत्वले भ्रष्टाचारलाई संरक्षण गर्दा जनताको आक्रोश आन्दोलनको रुपमा विस्फोट भएको हो । सुशासन र भ्रष्टाचारमुक्त देशको माग गर्दै भएको जेनजी विद्रोहलाई चुनावमा होमिएका दल तथा तिनका नेताले सम्बोधन गर्न आवश्यक छ ।
यद्यपि, देशमा भ्रष्टाचारको अवस्था उस्तै डरलाग्दो छ । नेता, कर्मचारीदेखि हरेक सरकारी संयन्त्रमा भ्रष्टाचार व्याप्त छ । सुशीला कार्की नेतृत्वको सरकार आएपछि केही प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको अभियोग लगाउँदै हाइप्रोफाइल व्यक्तिहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले ५६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो, जसमा ५ पूर्वमन्त्री, ९ पूर्वसचिव र निर्माण कम्पनीका प्रतिनिधिहरू समावेश छन् । ८ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको बिगो दाबी गरिएको यो प्रकरणले नेपालमा व्याप्त भ्रष्टाचारको एउटा झल्को उजागर गरेको छ । यस्तो सक्रियता सरकार र अख्तियारले कायम राख्न जरुरी छ ।
यो त एउटा प्रतिनिधि उदाहरण मात्र हो, नेपालमा भ्रष्टाचार दीर्घरोग बनेको छ, जसले विकास आयोजनाहरूलाई खोक्रो बनाउँदै आएको छ । नक्कली भुटानी शरणार्थी, ललिता निवास, टेरामक्स, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, यती होल्डिङ, स्वास्थ्य सामग्री खरिद, ओम्नीलगायत, गिरिबन्धु टीस्टेट, वाइडबडी खरिद लगायत यस्ता थुप्रै भ्रष्टाचारका प्रकरण छन्, जसलाई छानबिन र कारबाही अघि बढाउन आवश्यक छ । विगतमा यस्ता प्रकरणमा संलग्न भ्रष्टाचारीहरूले सधैं राजनीतिक संरक्षण पाउँदै आएको उदाहरण छ । उनीहरुमाथि छानबिन नै नहुने, अनुसन्धान दबाउन प्रयास हुने, मुद्दा दायर भए पनि कारबाहीबाट उन्मुक्ति पाउने गरेका उदाहरण त बग्रेल्ती छ ।
चुनावबाट बन्ने सरकारले भ्रष्टाचार नियन्त्रणका लागि प्रणालीगत सुधार ल्याउनुपर्छ । सार्वजनिक खरिद प्रक्रियालाई पूर्ण डिजिटल बनाएर पारदर्शिता बढाउन सकिन्छ । ई–बिडिङ प्रणालीलाई अनिवार्य गर्दा ठेक्कामा हुने चलखेल कम हुन्छ । अख्तियार जस्ता संस्थाहरूलाई थप स्वायत्तता दिने र उनीहरूको क्षमता वृद्धि गर्ने योजना लागू गर्नु पर्छ । भ्रष्टाचारीहरूलाई उन्मुक्ति नदिने प्रतिबद्धताले मात्र राष्ट्रिय एकता र विकास सम्भव छ । हाल र चुनावपछि बन्ने सरकारले न्याय, पारदर्शिता र जवाफदेहितालाई मूल मन्त्र बनाएर अगाडि बढ्नुपर्छ । त्यसका लागि दलहरुले अहिलेदेखि नै देशको दुश्मन रहेको भ्रष्टाचार हटाउने प्रतिबद्धता गरेर घोषणापत्र ल्याउन आवश्यक छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

मोदी र फ्रान्सका राष्ट्रपतिबीच आज मुम्बईमा भेटवार्ता हुँदै

मोदी र फ्रान्सका राष्ट्रपतिबीच आज मुम्बईमा भेटवार्ता हुँदै

५१ मिनेट अगाडि
साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिने

साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिने

५५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अमेरिकी सेनालाई परेडमा सहभागी गराएको भन्दै विरोध

जनप्रतिनिधित्वमा चुनौतीपूर्ण पक्षहरूका विषयमा स्पष्टता दिन आवश्यक

देशको आसन, भाषण र शासनमा सुधार गर्ने

पश्चिमी वायुको आंशिक प्रभाव

Nepal-Pakistan Cricket Tournament 2026

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक