बुध, फाल्गुन २०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भियतनामको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक सम्मेलन सुरु

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
भियतनामको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक सम्मेलन सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

हनोई । भियतनामको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक सम्मेलन अर्थात् सत्तारूढ कम्युनिस्ट पार्टीको राष्ट्रिय काङ्ग्रेस सोमबारदेखि राजधानी हनोईमा सुरु भएको छ । यस काङ्ग्रेसले आगामी पाँच वर्षका लागि देशको नेतृत्व चयन गर्नुका साथै राजनीतिक र आर्थिक नीतिको समग्र दिशा तय गर्नेछ ।

भियतनामभरबाट करिब एक हजार ५८८ प्रतिनिधि हनोईमा भेला भएका छन् । प्रत्येक पाँच वर्षमा आयोजना हुने यो काङ्ग्रेस पार्टीको सर्वोच्च निर्णय गर्ने मञ्च हो । काङ्ग्रेसले करिब २०० सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ, जसबाट १७ देखि १९ सदस्य रहने शक्तिशाली पोलिटब्युरो गठन हुनेछ ।

काङ्ग्रेसको मुख्य चासो सन् २०३१ सम्म भियतनामको नेतृत्व कसले गर्ने भन्नेमा केन्द्रित छ । साथै, एकदलीय शासन प्रणालीले विश्वव्यापी अस्थिरता र बदलिँदो भू–राजनीतिक अवस्थासँग कसरी जुध्ने भन्ने प्रश्न पनि यसै बैठकबाट स्पष्ट हुने अपेक्षा गरिएको छ । भियतनामले सन् २०४५ सम्म उच्च आय भएको देश बन्ने महत्त्वाकांक्षी लक्ष्य लिएको सन्दर्भमा यो काङ्ग्रेसलाई निर्णायक मानिएको छ ।

कम्युनिस्ट पार्टीका महासचिव टो लामलाई पूर्ण पाँच वर्षे कार्यकालका लागि पुनः पुष्टि गरिने लगभग निश्चित देखिन्छ । उनले पार्टी प्रमुख र राष्ट्रपतिको भूमिका एकै व्यक्तिमा केन्द्रित गर्ने कदम चाल्नुहुन्छ कि भन्ने विषयलाई पनि गम्भीर रूपमा हेरिएको छ । यदि यस्तो भयो भने, परम्परागत ‘चार स्तम्भ’ प्रणाली कमजोर भई शक्ति केन्द्रीकरण बढ्ने र टो लाम दशकौँयताकै सबैभन्दा प्रभावशाली नेता बन्ने सम्भावना छ ।

टो लामले विगत वर्षहरूमा प्रशासनिक सुधार, पूर्वाधार विकास र भ्रष्टाचार विरोधी अभियानलाई तीव्रता दिएको छ । उनको नेतृत्वमा भ्रष्टाचारविरुद्धको कारबाहीका क्रममा पोलिटब्युरोका उच्च तहका नेताहरू समेत पदबाट हटेका थिए, जसले पार्टीभित्र शक्ति सन्तुलनमा ठूलो परिवर्तन ल्याएको छ ।

काङ्ग्रेसको अर्को महत्त्वपूर्ण पक्ष भियतनामको दीर्घकालीन आर्थिक मार्गचित्र हो । प्रतिनिधिहरूले सन् २०२६ देखि २०३० सम्म औसत वार्षिक १० प्रतिशत वा सोभन्दा बढी आर्थिक वृद्धि गर्ने लक्ष्यसहितको प्रस्तावित सङ्कल्पलाई अन्तिम रूप दिनेछन् । सन् २०२५ मा भियतनामको अर्थतन्त्र ८ प्रतिशतले बढेको थियो ।

यस लक्ष्य हासिल गर्न उद्योग स्तरोन्नति, उत्पादनको आधुनिकीकरण, विज्ञान, प्रविधि र डिजिटल अर्थतन्त्रमा बढी लगानी गर्ने नीति अघि सारिएको छ । निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख प्रेरक शक्तिका रूपमा स्वीकार गर्नु, राज्य स्वामित्वका कम्पनीहरूको प्रभुत्व क्रमशः घटाउँदै लैजानु र उच्च प्रविधिमा आधारित उत्पादन बढाउनु यस रणनीतिको केन्द्रमा छन् ।

साथै, विदेश नीति र अन्तर्राष्ट्रिय एकीकरणलाई राष्ट्रिय सुरक्षा बराबर महत्त्व दिइएको छ, जसले भियतनामको निर्यातमुखी अर्थतन्त्र विश्व बजारसँग कति गहिरो रूपमा जोडिएको छ भन्ने देखाउँछ । द्रुत आर्थिक वृद्धिसँगै बढ्दै गएको वातावरणीय दबाबलाई ध्यानमा राख्दै आर्थिक तथा सामाजिक विकाससँगै वातावरण संरक्षणलाई पनि केन्द्रीय प्राथमिकतामा राखिएको छ । रासस

यो पनि पढ्नुहोस्

लेबनानका थप दर्जनौँ बस्ती खाली गर्न आदेश जारी

लेबनानका थप दर्जनौँ बस्ती खाली गर्न आदेश जारी

१ दिन अगाडि
अमेरिका–इजरायल आक्रमणमा हालसम्म  मृत्यु संख्या कम्तीमा ७४२ पुग्याे

अमेरिका–इजरायल आक्रमणमा हालसम्म  मृत्यु संख्या कम्तीमा ७४२ पुग्याे

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रसाईं पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी

दाउरा थकालीमा आगलागी

चुनाव हुँदैन भन्ने अभिव्यक्ति दिने ज्योतिष पक्राउ

मोरङ र ताप्लेजुङमा फेला परेका शंकास्पद वस्तु निष्क्रिय

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

इरानले अमेरिकासँग वार्ता नगर्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक