काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले गुल्मी क्षेत्र न १ मा सागर ढकाललाई उम्मेदवार बनाएको छ ।
यो क्षेत्रमा नेकपा एमालेबाट प्रदीप ज्ञावाली उम्मेदवार छन् भने कांग्रेसबाट चन्द्र भण्डारी उम्मेदवार रहेका छन् ।
ढकालले आफू गुल्मी १ बाट उम्मेदवार बन्न लागेको जानकारी गराएका छन् । साथै उनले गुल्मीलाई गुजरात मोडलमा काम गर्ने समेत दाबी गरे ।
उनी अघिल्लो चुनावमा डडेलधुरामा शेरबहादुर देउवासँग चुनाव लडेका थिए। भने गुल्मी १ मा कांग्रेस नेता चन्द्र भण्डारी निर्वाचित भएका थिए ।

