काठमाडौं । झापाको दमकस्थित आकाशे पुल चोकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरिएको छ । मंगलबार (माघ ६) दिउँसो ओली झापा क्षेत्र नम्बर–५ बाट उमेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालयमा जाने क्रममा नाराबाजी गरिएको हो ।
ओलीविरुद्ध नाराबाजी गरिएपछि सुरक्षाकर्मीको संख्या बढाइएको छ । ओलीको मनोनयनपत्र दर्ताका निम्ति कार्यकर्ता भेला भइरहेका थिए । अचानक ओलीको विरोधसहित नाराबाजी गरिएसँगै स्थिति तनावपूर्ण बनेको थियो ।
सम्भावित झडप रोक्न सुरक्षाकर्मीको संख्या बढाइएको हो ।

