शनि, फाल्गुन २, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एनआरएनए अध्यक्ष श्रेष्ठको पहलमा कोरियामा समानान्तर एनसीसीबीच एकता  

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
Reading Time: 1 min read
0
एनआरएनए अध्यक्ष श्रेष्ठको पहलमा कोरियामा समानान्तर एनसीसीबीच एकता  
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

सिउल । गैर आवासीय नेपाली संघ दक्षिण कोरियामा विगत केही समयदेखि देखिएको सांगठनिक अन्योल र विभाजन अन्ततः समाप्त भएको छ । एनआरएनए आइसीसी अध्यक्ष महेश कुमार श्रेष्ठको कोरिया भ्रमणका क्रममा दुवै पक्षाबीच एकता भएको हो । कोरियाको विवाद मिलाउने उद्देश्यका साथ जापानबाट गएका अध्यक्ष श्रेष्ठले दुवै पक्षबीच लगातार वार्ता गरेका थिए ।

अन्ततः ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै कोरियामा रहेका नेपाली समुदायलाई एकताबद्ध बनाउन दुई समानान्तर समितिबीच मंगलबार ‘बृहत् एकता सहमति पत्र’मा हस्ताक्षर भएको अध्यक्ष श्रेष्ठले कोरियाबाट जानकारी दिए ।

१० औं महाधिवेशनबाट निर्वाचित पार्वती लामा नेतृत्वको कार्यसमिति र बृहत एकता महाधिवेशनबाट निर्वाचित विपिन कुमार गुरुङ नेतृत्वको कार्यसमितिबीच एक–अर्काको अस्तित्व स्वीकार गर्दै अगाडि बढ्ने सहमति भएको जनाइएको छ ।  दक्षिण कोरियामा रहेका नेपालीहरूको ज्ञान, सीप र पूँजीलाई नेपालको आर्थिक तथा सामाजिक विकासमा लगाउने साझा उद्देश्यका साथ एकता प्रक्रिया अघि बढाइएको एनआरएनए दक्षिण कोरियाले जनाएको छ ।  सहमति अनुसार दुवै पक्षले एक–अर्काको नेतृत्व र अस्तित्वलाई स्वीकार गर्दै संस्थालाई एकढिक्का बनाएर लैजाने छन् भने सांगठनिक एकताका कामहरू अगाडि बढाउन दुवै पक्षबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवसहित ४–४ जना गरी कुल ८ सदस्यीय स्टेरिङ कमिटी गठन गरिनेछ ।

त्यसैगरी स्टेरिङ कमिटीको बैठकको अध्यक्षता दुवै पक्षका अध्यक्षले आलोपालो गर्ने सहमति पनि भएको छ । एकताको बाँकी प्रक्रिया र अन्य प्राविधिक कार्यविधिका लागि स्टेरिङ कमिटीले एनआरएनए केन्द्रिय सहजिकरण समितिसँग समन्वय गरी कार्यविधि तयार पार्ने सहमति भएको छ ।

एकता सहमति पत्र हस्ताक्षर कार्यक्रममा एनआरएनए आइसीसी अध्यक्ष  महेश कुमार श्रेष्ठ,  क्षेत्रीय उपाध्यक्ष जुनु गुरुङ, एनसीसी सहजीकरण एवं समन्वय समितिका सदस्य प्रकाश धमला र एनसीसी कोरियाका संरक्षक भीम गुरुङको उपस्थिति रहेको थियो । एकतासँगै दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीहरूमा देखिएको अन्योल चिर्दै संस्थालाई परोपकारी र सिर्जनशील बनाउने बाटो खुलेको विश्वास लिइएको छ । केन्द्रमा रहेका दुई समानान्तर समितिहरुका बीचमा एकता भएपछि मार्च १३–१५ मा केन्द्रीय महाधिवेशन आयोजना गरिएको छ भने त्यसअघि एनसीसीहरुको एकता प्रक्रिया पूरा  गर्ने लक्ष्य लिइएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

५२ आयोजनाको ठेक्का तोड्ने तयारी

यी २० निर्माण कम्पनी कालोसूचीमा

२ घण्टा अगाडि
अहिलेको निर्वाचनमा भोट दिने बिपक्षमा

अहिलेको निर्वाचनमा भोट दिने बिपक्षमा

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन डे’

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कर्णालीका १० जिल्लामा मतपत्र पठाउन थाल्याे

ठूलो युद्धपोतलाई मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदेश

सुमित्राकाे टाेलीले स्वर्ण जितेर इतिहास रच्याे

दुईदेशीय सम्झौताहरूले कानुन सरहको मान्यता पाउन नसक्ने व्याख्या

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक