एजेन्सी । अफ्रिकन कप अफ नेसन्सको उपाधि दाेश्राे पटक सेनेगलले उपाधी उचाल्न सफल भएकाे छ । रबातमा भएको फाइनलमा मोरोक्कोलाई १–० ले हराउँदै सेनेगलले उपाधि चुमेकाे थियाे ।
निकै तनावपूर्ण र विवादित खेल निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समय खेलाइएको थियो। अतिरिक्त समयको चौथो मिनेटमा पापे गुएयेले शक्तिशाली प्रहार गर्दै टोलीलाई निर्णयक अग्रता दिलाए । त्यही गोलले सेनेगललाई च्याम्पियन बनाएकाे थियाे । फाइनलमा पेनाल्टी सदुपयोग गर्न नसक्दा मोरक्कोको ५० वर्षपछिको सपना चकनाचुर भयाे । सन् २०३० को विश्वकप आयोजनाको तयारीमा रहेको मोरक्कोका लागि घरेलु मैदानमा यो हार निकै पीडादायी बन्यो ।
दोस्रो हाफको इन्जुरी समयमा खेलमा विवाद उत्पन्न भएको थियो । भीएआरको सहयोगमा मोरोक्कोलाई पेनाल्टी दिइएको थियो तर, ब्राहिम डियाजको प्रहार सेनेगलका गोलरक्षकले बचाउ गरे । त्यसअघि इस्माइला सारले सेनेगलका लागि गोल गरेको दाबी गरे पनि रेफ्रीको निर्णयका कारण भीएआरको प्रयोग गरिएको थिएन । त्यो निर्णयप्रति असन्तुष्टि जनाउँदै सेनेगलका खेलाडी केहीबेर मैदान छाडेर विरोधमा उत्रिएका थिए । भीएआर जाँचपछि पेनाल्टी दिइएको थियो, जसका कारण खेल करिब १४ मिनेट रोकिएको थियो । पेनाल्टीको निर्णयपछि दर्शकदीर्घामा पनि तनाव बढेको थियो।
सन् २०२१ मा इजिप्टलाई हराएर पहिलोपटक उपाधि जितेको सेनेगलका लागि यो लगातार दोस्रो सफलता हो । मोरक्कोले यसअघि अफ्रिका कप अफ नेसन्स ५० वर्षअघि मात्र एकपटक जितेको थियो ।