काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
महान्यायाधिक्ताको कार्यालयको उक्त निर्णयविरुद्ध सामाजिक अभियन्ता युवराज पौडेल ‘सफल’ ले रिट दायर गरेका हुन् ।


