एजेन्सी । अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले २० जनवरीमा सत्ता सम्हाले यता एक लाखभन्दा बढी भिसा खारेज भएको जनाइएको छ ।
अमेरिकी विदेश मन्त्रालयले सोमबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यसको जानकरी दिएको हो ।
भिसा खारेज हुनेमा आठ हजार विद्यार्थी र दुई हजार पाँच सय विशेष कामदारसमेत छन् । अधिकांश भिसा खारेजीका पछाडि आपराधिक गतिविधिमा संलग्नता भएको बताइएको छ ।
भिसा रद्द हुनुका अन्य प्रमुख कारणमा समय सकिएपछि पनि बसाइ लम्ब्याउने प्रवृत्ति, मादक पदार्थ खाएर गाडी चलाउनु, कुटपिट र चोरीमा संलग्न रहनु भएको मन्त्रालयले जनाएको छ । सन् २०२४ को तुलनामा रद्द भिसाको संख्या १५० प्रतिशतले बढेको पनि उनले बताए ।


