काठमाडाैं । सरकारले सहकारी क्षेत्रमा देखिएका अनियमितता र गडबडीको छानबिन गर्न नयाँ आयोग बनाउने निर्णय गरेको छ।
शुक्रबार सम्पन्न मन्त्रिपरिषद् बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले साे निर्णय सार्वजनिक गरेकाे छ ।
उनले जनाए अनुसार सहकारीमा देखिएका बेथिति अध्ययन र अनुसन्धान गर्ने उद्देश्यसहित ‘सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझ आयोग–२०८२’ गठन गरिनेछ। आयोगको नेतृत्व उच्च अदालतका पूर्वन्यायाधीश विनोद प्रसाद शर्माले गर्ने तय भएको छ ।
सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका समस्या र गुनासोहरूलाई गम्भीर रूपमा लिएर निष्पक्ष छानबिनका लागि अनुभवी न्यायिक व्यक्तित्वको संयोजकत्वमा आयोग गठन गर्न लागेको जनाइएको छ।


