शनि, अशोज २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जेनजी २.० द्वारा चुनावबारे स्पष्ट धारणा सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 1 min read
0
जेनजी २.० द्वारा  चुनावबारे स्पष्ट धारणा सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जेनजी २.० ले माघे संक्रान्तीको अवसर पारेर आगामी निर्वाचनबारे आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेको छ। एक विज्ञप्ति जारी गर्दै जेनजी २.० ले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई पर्वको शुभकामना व्यक्त गर्दै सामाजिक एकता, नयाँ सुरुवात र न्यायपूर्ण भविष्यको कामना गरेको छ।

विज्ञप्तिमा मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै जनताको न्यूनतम माग र राज्यसँग भएको सहमति कार्यान्वयन नगरी गरिने कुनै पनि चुनाव स्वीकार्य नहुने स्पष्ट उल्लेख गरिएको छ। सहमति कागजमै सीमित राखेर चुनावमा जानु जनताप्रति धोका हुने जेनजी २.० को ठहर छ।

त्यसैगरी, भ्रष्टाचार, दण्डहीनता र सत्ता दुरुपयोग अन्त्य नगरी निष्पक्ष चुनाव सम्भव नहुने भन्दै दोषीमाथि कारबाही, पीडितलाई न्याय र प्रणालीगत सुधार अनिवार्य रहेको जनाइएको छ। यी आधारबिना हुने चुनाव सत्ता जोगाउने अभ्यास मात्र हुने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ।

जेनजी २.० का प्रबक्ता अविन लिम्बुले निर्वाचन आयोग, सरकार र सुरक्षा निकायलाई स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्न आग्रह गरेको छ। कुनै दल वा शक्तिको दबाबमा चुनाव गराउने प्रयास भए आफूहरू चुप नबस्ने स्पष्ट सन्देश दिइएको छ। यदि जनआकांक्षा विपरीत जबरजस्ती चुनाव थोपर्ने प्रयास गरिए देशव्यापी शान्तिपूर्ण प्रतिरोध र जनआन्दोलनमार्फत कडा जवाफ दिने चेतावनी पनि लिम्बु ले दिएको छ।

विज्ञप्तिको अन्त्यमा लिम्बु ले आफूहरू चुनावको विरोधी नभएको स्पष्ट गर्दै जनताको अधिकार, स्वाभिमान र भविष्य सुरक्षित हुने गरी हुने चुनावको पक्षमा रहेको जनाएको छ। सुधार, न्याय र जवाफदेहिता बिना चुनाव नहुने कुरा आफ्नो अन्तिम धारणा भएको उल्लेख गर्दै माघे संक्रान्तीले सबैमा सत्य, साहस र सही निर्णयको ऊर्जा प्रदान गरोस् भन्ने कामना गरिएको छ।

यो पनि पढ्नुहोस्

राष्ट्रिय परिचयपत्र नभएकालाई बैंकिङ सेवा उपलब्ध गराउन आदेश

राष्ट्रिय परिचयपत्र नभएकालाई बैंकिङ सेवा उपलब्ध गराउन आदेश

१ घण्टा अगाडि
प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

कांग्रेसकाे सभापतिमा गगन थापा

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

यी स्थानमा लाेडसेडिंग हुने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

२०औं एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई पुरस्कार पाउने

नागरिक आवासका लागि सरकारको प्रयास स्वागतयोग्य

सीजेपीले हिरासतमा लिएको दाबी

जलवायु परिवर्तनका कारण नेपालले भोगेको संकटको क्षतिपूर्ति धनी राष्ट्रहरुले भर्नुपर्छः युवाहरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक