मङ्ल, फाल्गुन ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रामराज्य परिषदले भन्यो–विदेशी कठपुतलि जन्माउने निर्वाचन वहिस्कार गर्छौ

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
रामराज्य परिषदले भन्यो–विदेशी कठपुतलि जन्माउने निर्वाचन वहिस्कार गर्छौ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । रामराज्य परिषदले नेपालको संविधान २०७२ले देशलाई स्थायीत्व दिन नसकेको दबी गर्दै त्यसको विकल्पमा नयाँ संविधानको खाँचो रहेको दाबी गरेको छ । सोमबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी यही संविधान अन्तरगत हुने निर्वाचनले राजीतिक निकास नदिने ठहर गर्दै चुनाव वहिस्कार गर्ने घोषणासमेत गरेको छ ।

परिषदका धर्माध्यक्ष जगत बहादुर थापाले नेपालको संविधान २०७२ विदेशीको योजनामा आएको र सोही अनुसारको व्यवस्था देशका निम्ति घातक भएको पुष्टि भएको बताए । थापाले ०७२को संविधानले देशको स्वधीनता र राष्ट्रिय स्वतन्त्रको संरक्षण गर्न नसकेकाले आठौं संविधान २०७७ ल्याएको बताउँदै भने,“देशलाई स्वाधीन र समृद्ध बनाउन वैदिक–वैज्ञानिक राज्य व्यवस्था आधारित ‘रामराज्य’ लागि यो संविधान लयाएका छौं ।”

“इण्डो–अमेरिकनसहति पश्चिमाहरुको इशारा  र परनिर्भर बनाउने व्यवस्थाका विरुद्धमा हामीले ८ औं संविधान सार्वजनिक गर्न वाध्य भएका छौं, अब यसलाई कार्यान्वयन गर्न घनिभूतरुपले लाग्छौं,”थापाले थपे ।

परिषद उपाध्यक्ष भगवान गिरीले देश र जनताको हितका लागि वर्तमान व्यवस्थाको अन्त्य अवश्यंभावी रहेको धारणा राखे ।

भैरव बहादुर शाहीले देशले काँचुली फेर्ने बेला आईसकेकाले कोही न कोहीले देश जोगाउन निर्णायक पहल लिनै पर्ने बाध्यता रहेको धारणा राखे ।

परिषदका कोषाध्यक्ष रमेश कुमार बस्न्यातले देशलाई विदेशी हस्तक्षेपबाट मुक्त गर्न पूर्वीय दर्शनमा आधारित वैदिक सनातनी हिन्दु राज्यको आवश्यकता रहेको बताए ।

परिषका सदस्य उमेश रम्तेलले देशमा व्याप्त भ्रष्टाचार, बेथिति र कुशासनका कारण जेनजी विद्रोह भए पनि पुराना दलहरु नसुध्रिएकाले आफूहरुले ‘रामराज्य’मा आधारित संविधान ल्याएको दाबी गरे । यसरी ०७२ को संविधान चलिरहँदा आठौं संविधान ल्याउनु हास्यास्पद भएन र भन्ने पत्रकारको प्रश्नमा रम्तेल भन्छन,“यो देशमा हरेक विषय सम्भव छ, यो राज्यविरुद्धको एक किसिमको विद्रोह हो, फेरी यसको विकल्प पनि त छैन नि ।”

अर्की वक्ता सफलता बोगटीले देशमा अराजकता र दण्डहिनताले सीमा नाघेको तथा राज्य त्यसलाई रोक्न असफल हुनुका पछाडि व्यवस्था नै रहेकोले त्यसको विकल्प खोज्नुपर्ने धारणा राखिन् ।
प्रेमसिंह तिरुवाले  २०७७ वाला संविधानलाई वैधानिक बनाउन देशव्यापी अभियान चाल्नुपर्ने धारणा राखे ।

यो पनि पढ्नुहोस्

मोदी र फ्रान्सका राष्ट्रपतिबीच आज मुम्बईमा भेटवार्ता हुँदै

मोदी र फ्रान्सका राष्ट्रपतिबीच आज मुम्बईमा भेटवार्ता हुँदै

२ घण्टा अगाडि
साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिने

साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिने

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अमेरिकी सेनालाई परेडमा सहभागी गराएको भन्दै विरोध

जनप्रतिनिधित्वमा चुनौतीपूर्ण पक्षहरूका विषयमा स्पष्टता दिन आवश्यक

देशको आसन, भाषण र शासनमा सुधार गर्ने

पश्चिमी वायुको आंशिक प्रभाव

Nepal-Pakistan Cricket Tournament 2026

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक